दैलेखमा आम हड्ताल, कर्मचारीले लगाए सडकमै हाजिर

यज्ञराज थापा
३१ साउन, दैलेख । अखण्ड मध्यपश्चिमको माग राखी दैलेखमा आईतवारदेखि आम हड्तालको घोषणा गरीएपछि जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारीहरुले सडकमा नै हाजिरी गरेका छन् ।
अखण्ड मध्यपश्चिम आन्दोलन संयोजन समितिले सम्पूर्ण सरकारी कार्यालय, गैर सरकार संस्था, निजी तथा सरकारी विधालय, क्याम्पस,होटल उद्योग व्यवसाय समेत वन्द गरि आम हड्तालको घोषणा गरेपछि सरकारी कार्यालयका कर्मचारीहरुले दैलेख सदरमुकामस्थित देवकोटा चोकमा हाजीरी घुम्ति क्याम्प खडा गरी एउटै रजिष्टरमा संयुक्त रुपमा हाजिर गरेका हुन् । ति कर्मचारीहरुले माग सम्वोधन नभएसम्म सडकमै हाजिरी गर्ने घोषणा समेत गरेका छन् ।
आन्दोलन शुरु भएको आठौं दिनसम्म पनि स्थानिय जनताको मागवारे सम्वोधन नभएकाले अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएकाले उधोग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्तिप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आइतवारदेखि एक घर एक सदस्य आन्दोलनमा सहभागी हुने वुझीएको छ ।
मध्यपश्चिम क्षेत्रका ८ जिल्ला र सुदुरपश्चिम क्षेत्रलाई ६ नंम्वर प्रदेश र ७ जिल्ला ५ नम्वर प्रदेशमा गाभेपछि दैलखमा विभिन्न चरणमा आन्दोलन भैसकेका छन् । आन्दोलनकारीका मागका सम्वन्धमा सरकार र निर्णयकर्ताले सम्वोधन गर्नुको साटो खिल्ली उडाएकाले आमहडताल घोषणा गर्नु परेको नागरिक समाजका अगुवाहरुले वताए ।
संविधान निर्माणका लागि पठाईएका जनप्रतिनिधीहरुको जनभावनाको अवमुल्यन भएको संचारकर्मी गोविन्ददेव भारतिले वताए । सर्वसत्तावाद त कम्यूनिष्ट पार्टीमा मात्र हुन्छ भन्ने आरोप कांग्रेश लाउथे तर कांग्रेश पनि सवै भन्दा ठुलो सर्वसत्तावादी रहयो,ा नागरिक अगुवा मनोज थापा भन्छन् ।
मध्यपश्चिमका सबै जिल्ला ५ र ६ नम्वर प्रदेशवाट तत्काल झिकेर भेरी कर्णाली प्रदेश वनाउन दैलेखवासीको प्रमुख माग रहेको छ ।
चार राजनीतिक दलका जिल्ला स्तरिय नेता कार्यकताहरु सहितको संलग्नता रहेको आन्दोलन दिनानुदिन जटिल बन्दै गएपछि दैनिक जनजिवन पनि कष्टकर वन्दै गएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*