आन्दोलनको सर्मथनमा कर्मचारी पनि सडक आन्दोलनमा

३२ साउन, दैलेख । भेरी कर्णाली राज्यको माग राख्दै जिल्ला स्थित राजनीतिक दल र नागरिक समाजको अगुवाईमा भैरहेको आन्दोलनमा राष्ट्रिसेवक कर्मचारीले पनि एक्यवद्धता जनाउदै सडकमा ओर्लिएका छन् ।
कार्यालयको कामकाज छोडेर निजामती कर्मचारीहरुले मौन जुलुस प्रर्दशन गरि सडकमै हाजीर समेत लगाएका थिए । जिल्लामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु अबैज्ञानिक संघीय सिमांकनको विरुद्ध कार्यालयको कामकाज छोडी सडक आन्दोलनमा उत्रेका हुन् । राज्यले भेरी र कर्णालीका जनताको आत्म सम्मानमा ठेस पुग्ने गरी गरेको सिमांकनमा निजामति क्षेत्रबाट पनि सहयोग गरिएको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष भिमबहादुर विष्टले जानकारी दिए । दैलेखि जनतालाई अन्याय गरिदा निजामतीकर्मचारीहरु मुख दर्शक हुन नसक्ने विटका तर्क छ । अबैज्ञानिक संघीय सिमांकनको विरुद्ध र भेरी कर्णालीका जिल्लाहरुलाई सुदर पश्चिममा गाभेको विरोध गर्दै अखण्ड मध्यपश्चिमको माग राखि दैलेखमा २४ गते देखि चर्किएको आन्दोलन सोमवार नवौ दिनमा आईपुग्दा सम्म आम हड्ताल झन् चर्किएको छ । केन्द्रिय स्तरमा शिर्ष नेताहरुले मध्यपश्चिमबासीहरुको मागलाई सम्बोधन नगरेको भन्दै जिल्ला पुर्ण रुपमा बन्द भएको हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*