पहिरोमा ज्यान गुमाएकालाई राहत प्रदान

२ भदौ, दैलेख । गएको शनिवार राति २ बजे गएको पहिरोले घर पुरिदा ज्यान गुपाएका बादी परिवारलाई रहत प्रदान गरिएको छ ।
जिल्ला दैविक प्रकोप उद्धार समितिले नारायण नगरपालिका–६ गणेश चौकस्थित नमुना बस्तीमा ज्यान गुमाएका रुपा बादी उनकी तीन वर्षीया छोरी समना र दुई महिनाको छोरा जितबहादुरको किरीया खर्च स्वरुप जनही ४० हजार रुपैया प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले बुधवार विहान घटना स्थलमै पुगेर जनही ४० हजारका दरले ३ जनाको १ लाख २० हजार रुपैँया मृतकका श्रीमान टेकबहादुर बादीलाई हस्तान्तरण गरेका थिए । सोहि अवसरमा काँग्रेस निकट नेपाल महिला संघले पनि मृतकका परिवारलाई राहत प्रदान गरेको छ । नेपाल पहिला संघका जिल्ला अध्यक्ष सिता रानाले किरीया खर्च स्वरुप १२ हजार ५ रुपैँया सहयोग गरेकी थिईन् । नेपाल महिला संघकी अध्यक्ष रानाले मृतकका पती टेकबहादुलाई उक्त रकम प्रदान गरिेको नेपाल पहिला संघले जनाएको छ ।
श्रीमान टेकबहादुर च्यापिएर घाइते भएका थिए उनको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । पहिरोको थप जोखिममा रहेका बादी समुदाय ठुलो वर्षा संगै बस्ती नै खाली गरी पुरानो जिल्ला कारागारमा सरण लिने गरेका छन् । जोखियुक्त नमुना बस्तीलाई अन्यत्र सार्न समेत बादी समुदायले माग गरिरहेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*