भेरी कर्णाली प्रदेशका लागि, हजारौ महिला सडकमा

३ भदौ, दैलेख । अवैज्ञानिक सिमांकनको विरोध गर्दै जिल्ला स्थित राजनीतिक दल सम्बवद्ध हजारौ महिलाहरु सडकमा ओर्लीएर विरोध जुलुस प्रर्दशन गरेका छन् ।
जारी १२ औ दिनको आमहडताललाइृ प्रभावकारी बनाउन महिलाहरु सडकमै ओलीएएर विरोध प्रर्दशन गरेका थिए । गाउँगाउँबाट नारा जुलुस सहित आएका महिलाहरुले अवैज्ञानिक सिमांकनको विरोधगर्दै प्रदर्शन गरेका हुन् । जिल्लामा जारी आन्दोलनमा विहिवार निकालिएको महिलाहरुको जुलुस सबै भन्दा ठूलो भएको बताइएको छ । हिमाल पहाड र तराई सहितको प्रदेश हुनुपर्ने भन्दै महिलाहरु सडक संघर्षमा ओर्लीएका हुन् । हालै सार्वजनीकि गरिएको प्रादेसिक सिमांकनबाट बन्ने राज्यले यस क्षेत्रका महिलाका माग सम्बोधन गर्न नसक्ने भन्दै सिमांकन खारेज गर्न दवाव स्वरुप सडक आन्दोलनमा आएको महिलाहरुलले बताएका छन् ।
अवैज्ञानिक सिमांकन सहितको बर्तमा छैटौ प्रदेश भए त्यसको सबैभन्दा मारमा भेरी कर्णालीका महिलाहरु पर्ने भन्दै रान्यले सिमांकन तत्काल सच्याउनु पर्ने बताए । नेपाली काग्रसकी महासमिति सदस्य एवं यूवा नेत्री निर्मला खड्काले राज्यले भेरी कर्णालीका महिलाहरुलाई विगत देखि नै उत्पीडनमा राखेको भन्दै तत्काल अवैज्ञानिक सिमांकन खारेज गरी हिमाल पहाड र तर्रा सहितको भेरी कर्णाली प्रदेश बनाउनु पर्ने माग गरिन् । महिलाहरुलाई अमान्य हुने प्रदेश एथावत राखिए भेरी कर्णालीका सबै महिलाहरु सडकमा ओर्लीने भन्दै त्यसबाट हुने क्षेतिको जिम्मा राज्यले लिनुपर्ने पुर्व सभासद तथा महिला नेतृी भरत रग्मीले बताइन् । शान्तिपूर्ण रुपमा महिलाहरुले गरेको सडक आन्दोलनलाई राज्यले बेवास्ता गर्न नहुने भन्दै शान्ति पूर्ण रुपमा राखिएका मागको तत्काल सम्बोधन गर्न महिला नेताहरुले माग राखेका थिए । देश संघियतामा जादा उत्पीडनमा परेका समुदायको अधिकार सुनिश्चित हुनुपनेमा अहिलेको अवैज्ञानिक सिमांकनले यस क्षेत्रका महिलालाई अझै अधिकारबाट बन्चित गरेको महिलाहरुको दावि छ । मध्यपश्चिमलाई एक प्रदेश नवनाए सम्म यस क्षेत्रका महिला,विद्यार्थी, यूवा र वेरोजगारका समस्या सम्बोधन हुन सक्ने भन्दै उनीहरुले आन्दोलनलाई थप कडा पारेर लैजाने र त्यसवाट हुने क्षेतीको जिम्मा सरकारले लिनु पर्ने बताए ।
सर्वपक्षिय आन्दोलन संयोजन समितिको नेतृत्वमा १२ दिन देखि आन्दोलनका क्रममा बुधवार पनि जिल्लाभरका पसल, होटल, विद्यालय, सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यालयहरु, विद्यालयहरु, निजी तथा सरकारी वित्तिय संस्थाहरु पूर्णतया ठप्प छन््् भने यातायातका साधनहरु पनि पूर्णतया बन्द रहेका छन् । विद्यालय पनि पूर्ण रुपमा बन्द हुदा हजारौ विद्यार्थीको पठनपाठनमा समस्या आएको छ भने सरकारी कार्यालयमा हुने कामहरु हुन नसक्दा सेवाग्राही समेत मर्कामा परेका छन् । आन्दोलनरत समुदायका मागहरुका सम्बन्धमा सरकार उदासीन हुदा जिल्लाका सर्बसाधारणको जनजिवन कष्टकर बन्दै गएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*