वालवालिका प्रयोग नगर्न ध्यानाकर्षण

३ भदौ, दैलेख । अखण्ड मध्यपश्चिमको माग राखी १२ औं दिनदेखि भईरहेको आन्दोलनमा केहि वालवालिकाहरु सहभागी भैरहेको भन्दै जिल्ला वालकल्याण समिती दैलेखले विहीवार ध्यानाकर्षण पत्र जारी गरी सार्वजनिक रुपमा आन्दोलनरत राजनैतिक दल,नागरीक समाजको ध्यानाकर्षण गराएको छ ।
समितीले ध्यानाकर्षण पत्रमार्फत राष्टिय तथा अन्र्तराष्टिय कानुनअनुसार सुरक्षित र संरक्षित हुन पाउने वालवालिकाको अधिकारप्रति सवै प्रतिवद्ध हुन आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमार्फत आगामी दिनहरुमा हुने आन्दोलनका गतिविधीहरुमा वालवालिकाहरुलाई प्रत्यक्ष,अप्रत्यक्ष तथा स्वतस्फुर्त रुपमा संलग्न नगराउनसमेत समितीले अनुरोध गरेको निमित्त जिल्ला वालकल्याण अधिकारी मनसरा शाहीले जानकारी दिईन् । उनले आन्दोलनका कारण लामो समयदेखि विधालय वन्द हुदा वालवालिकाहरुको पढ्न पाउने अधिकार कुण्ठित भएकाले विधालयहरु सुचारु गर्न आन्दोलनरत सरोकारवाला निकायले पहल गर्नुपर्ने पनि वताईन् ।
अखण्ड मध्यपश्चिमको माग राखी आन्दोलनको नेतृत्व गर्दै आएको उधोग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्माले आन्दोलनमा वालवालिकाहरु रहरले सहभागी भएको र आगामी दिनका आन्दोलनहरुमा सहभागी हुनवाट रोक्ने जानकारी दिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*