महाबु मेलामा हजारौ भक्तजनको उपस्थिती

१३ भदौ, दैलेख । दैलेख र कालिकोट जिल्लाको सिमानामा अवस्थीत महावुमा रहेको भगमान शिवको हजारौ भक्तजनले पुजा गरेका छन् ।
जनैपुर्णिमाको अघेल्लो दिन भगमान शिवको पुजा गरि जनै पूर्णीमाको दिन सर्दालुहरु घर फर्किने गरिन्छ । यस पटकको गाँथ मेलामा दशौ हजार भक्तजनहरुले पुजापाठ गरेको भेरीकर्णाली पर्यटन समितिले जानकारी दिएको छ । मेलाममा सर्बसाधारणको आर्कषण बढदै गएपछि मेलालाई बयवस्थीत बनाउन जिल्ला विकास समिती लगाएत दैलेख जिल्ला स्थित कार्यालयले बाटो मर्मत देखि भक्तजनको बासको ब्यवस्था मिलाएका थिए । जिल्लाको धार्मीक पर्यटन प्रर्वद्धन गर्न धार्मीक क्षेत्रको मर्मत गर्नु अहिलेको पहिलो आवश्यकता भएको जिल्लाबासीले बताएका छन् ।
निकैनै जोखिमपूर्ण बाटोको यात्रा पछि मेला लाग्ने गन्तब्यमा पुगन्छ । यस मेलामा दैलेख, जाजरकोट, कालिकोट, सुर्खेत, बाँके, अछाम जस्ता जिल्लाबाट भक्तजनहरु आएको बताइएको छ । यस स्थानमा पुगेर मागेको पुग्ने किम्वदन्ति रहेको छ । सन्तान नहुने परिवारहरुले सन्तान मागेमा पुरा हुने मेलामा आएका वुढापाकाहरुको भनाई छ । यस ठाउँमा ढुंगाबाटै फुटेर शिवलिंग बनेको देख्न सकिन्छ । निकै अग्लो भू–भागमा रहेको रमणीय पाटन क्षेत्रमा एकै छिनमा पानी पर्ने अनि पुन बादलले ढाक्ने हुँदा पनि पर्यटक आकर्षित हुने गरेका छन् । चिसो र लगातार वर्षा हुने भू–भाग भएकाले भक्तजनले कष्टका साथ रात गुजार्नु परेको भक्तजनले बताएका छन् । । यो वर्ष जिविस दैलेखले २१ वटा त्रिपाल व्यवस्थापन गरेको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले जानकारी दिए । दैलेखदेखि महाबुसम्म यातायातको साधन पुग्न सक्ने भएको भए १२ महिना नै धार्मिक पर्यटक आउने प्याकुरेलले बताए । पहिलोपटक महाबु पुगेका दैलेखका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले निकै सुन्दर स्थान भएकाले धार्मिक पर्यटक भित्र्याउन सकिने बताए ।
यस्तो छ किंवदन्ती
दैलेख भुर्तीका ब्राह्मणका छोरा जलु आचार्य बोल्न सक्दैन थिए । उनी विसं ११३७ मा पाटनमा भैँसी चराउन गएका थिए । गोठालो गएका वेला उनले ढुंगामा सुतेको अवस्थामा महादेवको दर्शन पाए । सो ढुंगामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने सर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्नसमेत महादेवले सक्षम बनाइदिए । पछि दिनदिनै दूध चढाउँदा यो कुरा हल्ला भएर अरूले थाहा पाएका थिए । अहिले पनि दैलेखका आचार्य ब्राह्मणले दूधको धारा चढाउने र कालिकोटका काफ्ले ब्राह्मणले होम गर्ने चलन छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*