शिक्षक नियुक्तीको परिक्षा बाम्बार सारेपछि,प्रधानाध्यापकले दिए राजिनामा

१६ भदौ, दैलेख ।
शिक्षक पदपुर्तिको विज्ञापन अनुसार परिक्षाको समय पटक पटक विना कारण सार्न परेपछि बसन्त उच्च माध्यामिक विद्यालयका किमुगाउँका प्रधानाध्यपक डिल्लीबहाुदर खत्रीले पदवाटै राजिनामा दिएका छन् ।
जिल्ला शिक्षा कार्यालयको पत्रअुनसार रिक्त मावि तहको विज्ञान शिक्षक पदपुर्तिका लागि मिति २०७२ श्रावण १५ गते विद्यालयले प्रकाशित गरेको विज्ञापन अनुसार दरखास्तवालाहरुको परिक्षा विना कारण अध्यक्षको हस्तक्षेपले समय मै लिन नसकिएको र लामो विदापछि विषयगत शिक्षक नहुँदा विद्यार्थीको भविष्यमाथि खेलवाट भएको भन्दै प्रअले राजिनामा दिएको बताइएको छ । तेस्रो पटक तोकिएको समयमा पनि शिक्षक पदपुर्ति परिक्षा हुन नदिई फेरी अर्को सुचना प्रकाशित नभए सम्म परिक्षा स्थगित गर्ने एकल निर्णय गरि विव्यस अध्यक्ष भरत चन्दले लाद्न खोजे पछि विद्यालय प्रति ग्रैह जिम्मेवारी रहेको भन्दै वाध्य भएर प्रअवाट राजीनामा दिएको प्रधानाध्यापक खत्रीले बताए । परिक्षावाट जसरी पनि आफुले भनेको मान्छे ल्याउनु पर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सर्त नमाने पछि परिक्षा हुन नदिएको प्रधानाध्यापक डिल्ली खत्रीको अध्यक्ष प्रति आरोप छ ।
‘विभिन्न शिक्षक संघ संगठनहरुको आन्दोलन समय भएकाले नगरौ, अप्ठ्यारो पर्छ मात्र भनेको हुँ मेरो कसैलाई बनाउनु पर्छ भन्ने सत्र र स्वार्थ छैन, प्रअ सरले किन राजिनामा दिनुभएको हो मलाइ थाहा छैन’ वसन्त उमावि विव्यस अध्यक्ष भरत चन्दले भने । रिक्त मावि राहत तर्फ विज्ञान विषयको शिक्षक पदपुर्ति गर्न भनि मिति २०७२ श्रावण ११ गते जिल्ला शिक्षा कार्यालयले वसन्त उमाविलाई चिठि लेखेको थियो । सोही चिठिका आधारमा विद्यालयले श्रावण १५ गते विज्ञान विषयको मावि राहत शिक्षक दरवन्दीका लागि १५ दिने सुचनाको विज्ञापन प्रकाशित गरेको थियो । पहिलो पटक भाद्र १ गते परिक्षा मिति तोकिए पनि परिक्षा भएन, दोस्रो पटक, भाद्र ९ गते परिक्षा मिति तोकिएको देखिन्छ
परिक्षा फेरी भएन, तेस्रो पटक भाद्र १४ गते परिक्षा मिति तोकियो सम्पूर्ण तयारी भएपनि अध्यक्षको एकल निर्णयले परिक्षा स्थगन भएको छ । सोमवारको शिक्षक छनौट समितिको वैठकमा अर्को सुचना नभए सम्म शिक्षक पदपुर्ति परिक्षाको मिति स्थगन गर्ने एकल निर्णय त भएको देखिन्छ तर अध्यक्ष वहेक जिशिका प्रतिनीधि शान्ति विष्ट, विषय विज्ञ पदम थापा र शक्ति वुढा, सदस्य सचिव प्रअ डिल्ली खत्रीको भने हस्ताक्षर छैन । पटक–पटक विषयविज्ञ शिक्षकहरु परिक्षा लिने तयारीमा गएपनि अध्यक्षको एकल निर्णयवाट परिक्षा स्थगित गर्दै आएकाले आफुहरु पनि अच्चमीत भएको बताउँछन्

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*