दैलेखमा वर्खे मेलाको रौनकता बढदै

यज्ञराज थापा
१६ भदौ, दैलेख । यति वेला दैलेख सदरमुकामलगायत जिल्लाका विभिन्न वजार केन्द्रमा वर्षे मेलाको रौनक छाउन थालेको छ ।
la2
सदरमुकाममा वसोवास गर्ने नेवार समुदायका युवाहरुको अग्रसरता सवै जाति समुदायका यूवाहरु यतिवेला वर्षे मेलाको रमझममा झुमिरहेका छन् भने नौमुले,दुल्लु,माथिल्लो डुंगेश्वर,चुप्रा लगायतका वजारमा पनि वर्षे मेलाको रौनकता छाएको छ ।
मुठी रोपेर मुरी फलाउने वर्षायामको कामहरु सकेर फुर्सदिला भएका स्थानियहरु अहिले जात्राको रम्तेलु हुन थालेका छन् । वर्षे मेलामा लाखे नाचसंगै स्थानिय युवाहरु विभिन्न वर्ण र पहिरनको नक्कल गरेर जात्राको नाचमा सरिक भएर रम्तेलु दर्शकलाई मनोरंजन दिन थालेका छन् ।
करीव एक महिनासम्म संचालन हुने यस मेलामा विभिन्न मुकुण्डा लगाएर अभिनयसहित नाचगानमा मस्त यूवाहरुको रमाइलो हेर्न अहिले गाउ गाउँवाट मानिसहरुको दैलेख वजारमा आउन थालेका छन् । गाँठे मंगल देखि सुरु भएको लाखे नाचसंगैैको वर्षे मेला कृष्ण जन्माष्टमीको भोलीपल्ट अन्त्य हुने गर्दछ । विभिन्न वाजा गाजा सहित ताम झामका साथ मनाइने यो जात्रालाई यहाँका मानीसहरु विशेष रुपमा लिन्छन् ।
एभरेष्ट, सुनगाभा, ज्वाला र भगवती यूवा क्लवहरुले यस जात्रालाई विगत लामो समयदेखि संचालन गर्दै आईरहेका छन् । मल्लकालका राजा प्रताप मल्लको समयदेखि नेपालको काठमाडौका नेवार समुदायले मात्रै मनाउने गरेको लाखे जात्रालाई अहिले दैलखमा सवै समुदायका मानीसहरुले विशेष चाडको रुपमा मनाउन थालेका छन् ।
la
गणेशचोक, देवकोटाचोक र लोकतान्त्रिक चौकबाट दिनहुँ सुरु हुने लाखेजात्रा हेर्न नगरपालिकाका वडा वडा र गाउँ गाउँ वाट यूवा यूवती, वुढावुढि र केटा केटीहरु आउँछन् । दुकी तवला, ढोल, लाखे, मारुनी, पञ्चकन्यासहित सिंगारेर निकालिने वर्षे मेलामा अहिले दैलेखीहरुको मोह वढेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*