विद्युतिय शुसान प्रर्वद्धन गर्दै जिल्ला विकास समिति

१७ भदौ, दैलेख । सेवामा गुस्तरियता प्रदान गर्न जिल्ला विकास समितिले बिद्युतिय शुसान प्रर्वद्धन गर्दै सिसी क्यामरा लगाएतका प्रविधि भित्राएको छ ।
अत्याधिक सेवा ग्राहीको चाम हुने जिल्ला विकास समितिले सेवाग्राहिको हितलाई ध्यानमा राखेर सिसि क्यामरा जडान गरेको छ । बेला बेलामा कर्मचारीबाट काममा ढिला सुस्ती हुने र कार्यकक्षमा नभेटिने जस्ता गुनासो समाधान गर्दै सेवामा प्रभावकारीता प्रदान गर्न आधुनिक प्रविधिका प्रयोग गरिएको जिल्ला बिकास समितिले जनाएको छ । कार्यालायको नियमित कामकाजको अनुगमन गर्न, सेवाग्राहीहरु कुन फाटममा के कती छन् ? भन्ने जानकारी राख्न र सेवामा सहजता दिन सिसी क्यामरा आवश्यक भएको जिल्ला शासन विज्ञ जनक भट््टराईले जानकरी दिए ।
जिल्ला विकास समितिको जिद्युतिय सुसान प्रव्रद्धन गर्ने रणनिति बमोजीम कार्यालयमा सिसी क्यामरा, डिजिटल डिस्प्ले जडान गरिएको स्थानिय विकास अधिकारी हरि प्याकुरलेले जाकारी दिए । डिजिटल डिस्प्लेबाट जिल्ला बिकास समितिका सुचना, जिल्लाका अन्य अधियानहरु र नागरिक बडापत्र समेत डिस्प्ले गरिने स्थानिय विकास अधिकारी प्याकुरलले बताए । एल.जि.सि.डि.पी को आर्थिक सहयोगमा जिल्ला विकास समितिका ४ स्थानमा क्यामरा जडान गरिएको र छटैनै इलेक्ट्रोनिक हाजीरी प्रणालीको ब्यवस्था गरिने तयारी भएको जिल्ला विबास समितिले जनाएको छ ।
जिल्ला बिकास समितीको प्रवेशद्धार, लेखा फाँट, स्थानीय विकास अधिकारीको कक्ष र बैठक हलमा सिसी क्यामरा जोडिएको छ । क्यामरा जडान पछि कार्यालयमा भैरहेका काम नजिकबाट नियाल्न र कामलाई प्रभावकारी बनाउन सहजता भएको बताइएको छ । स्थानीय विकास अधिकारीको कार्यकक्षबाट कार्यालयमा भैरहेको गतिविधिहरु सिसि क्यामराबाटै अनुगन गर्न सकिने ब्यवस्था मिलाइएको छ । पहिलो चरणको सिसी क्यामरा जडानको कम सकिएकाले यसै आर्थीक बर्ष भित्र जिल्ला बिकास समितको हाता भित्र रहेका सबै कार्यालयमा र तिनका फाटहरुमा थम क्यामरा जडान गर्ने तयारी भैरहेको शासन विज्ञ भट्टराईले जानकारी दिए । सेवाग्राहीलाई दिईने सेवा अँझ चुस्त बनाउनुका साथै सेवाग्राहीले कति दिन कार्यालयमा आए भन्ने क्यामराबाट देखीने भएकाले शंकास्पद फाँट र ब्यक्तिहरुलाई कार्यकक्षमै बोलाएर सेवाका बारेमा जानकारी दिन सहज हुने स्थानीय विकास अधिकारी प्याकुरेलको बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*