स्थानीय उत्पादनको प्रदर्शनी मेला सकियो,तिन दिनमा ५ लाखको कारोवार

२० भदौ, दैलेख । सदरमुकामका देवकोटा चोकमा भदौ १७ गते देखि सुरु भएको स्थानीय बस्तुहरुको प्रदर्शनी मेला सकिएको छ ।
लघु उद्यमी स्थापना गरि गरीवि घटाउने डिमेगाको अभियान, स्थानीय कच्चा पदार्थको प्रयोग प्रशोधन हाम्रो मुल पहिचान भन्ने मुल नाराका साथ सुरु भएको मेला भदौ १९ गते सम्म चलेको हो । तिन दिन सम्म अदलत भवनको अगाडी स्टल निर्माण गरि सुरु भएको ३ दिने मेलामा ५ लाख वरावरको स्थानीय उत्पादित बस्तुहरु किन मेल भएका छन् । प्रदर्शनीमा राखीएका वस्तु तथा सरसमानहरुमा ढाका कपडा ६१ हजार, दालमोट ५८ हजार, बाँसका सामग्री ५१ हजार, वेल जुस ५५ हजार, मसला ५२ हजार, दुनटपरि, १० हजार, नेपाली हाते कागज ११ हजार, मैन वत्ति ५१ हजार, अगरवत्ति ५७ हजार, तरकारी ८ हजार, आरन सामग्री ४१ हजार, काठका सामान २८ हजार, जुत्ता ११ हजार र हाते होजियारी २१ हजार गरि ५ लाख वढिको सर समान र समग्रीहरु विक्रि भएका छन् । मेलावाट खरिद गरि लानेहरुका लागि सामानमा १० देखी १५ प्रतिशत सम्म छुट दिएको थियो । स्थानीय कच्चा पदार्थको प्रयोग र प्रशोधनबाट उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको विक्रि, वितरण र प्रचार प्रशारका लागि मेला आयोजना गरिएको आयोजक संस्था जिल्ला उद्यमी समुह संघ डिमेगा दैलेखले जनाएको छ । लघु उद्यम विकास कार्यक्रमको सहयोगमा जिल्लामा धेरै मानीसहरु उद्यमी भएर स्थानीय कच्चा पदार्थको प्रशोधन गरि जिवन शैलीमा प्रयोग हुने वस्तुहरु उत्पादन गरिरहेका र उत्पादित बस्तुहरुको वजारवाट उद्यमीहरुको आम्दानी भैरहेको संस्थाले जनाएको छ । उद्यमीहरुको कला र सिपवाट आफ्नै गाउँ ठाउँमा भएका कच्चा पदार्थ द्धारा निर्मित सुनौला सामान तथा बस्तुहरुको प्रयोग गरि उद्यमीहरुलाई प्रोत्साहन गर्ने काममा सहयोग गर्ने सवै लाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*