कांग्रेस पार्टी कार्यालय अव आफ्नै नवनिर्मित भवनमा

नविनकुमार शर्मा
२० भदौ, दैलेख ।
नेपाली काग्रेस पार्टी दैलेखको कार्यालय अव आफ्नै नवनिर्मित भवनमा संचालन हुने भएको छ । शनिवार पार्टी कार्यालय नयाँ भवनको औपचारिक उद्धघाटन भए पछि काग्रेश कार्यालयगत काम काजहरु आफ्नै भवनवाट सुरु हुने भएका छन् । हिन्दु संस्कार अनुसार विधिवत पुजाआज गरि भवनको घरपैसो गरिएको छ । पार्टी कार्यालय भवनको उद्घाटन कांग्रेश नेता तथा पुर्र्व स्थानीय विकास राज्य मन्त्रि गणेश वहादुर खड्काले गरेका थिए । पार्टी भवन उद्घाटन समारोह तथा घरपैसो शुभ कार्यमा सयाँै काग्रेशी नेता तथा कार्यकता सहभागि भए । तिन महिना देखि निर्माणाधिन पार्टी भवनको एक तलाको काम भए पछि कार्यलयको कामकाज आफ्नै भवनवाट सुरु गर्ने जिल्ला पार्टीको निर्णय भए अनुसार कार्यालय सरेको हो । पार्टी भवनका लागि व्यक्तिगत र निकायगत सहयोग गर्ने सबै महानुभावहरुलाई सरसम्मानपुर्वक सभापति कृष्ण कुमार बीसीले धन्यवाद ज्ञापन गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*