एक महिना लामो वर्षे मेला सकियो

२० भदौ, दैलेख । सदरमुकामलगायत जिल्लाका विभिन्न वजार केन्द्रमा एक महिना देखि सञ्चालनमा रहेको वर्षे मेला आईतवार देखि सकिएको छ ।
गाठे मंगल देखि शुरु हुने वर्षे मेला कृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटे सँगै समापन हुने गर्दछ । सदरमुकामका भगवती कल्व, ज्वाला क्लब, एभरेष्ट क्लब र सुनगाभाव यूवा क्लबले एक महिना देखि निकालेका लाखे आईतवार कृष्णले मारे सँगै सकिने गर्दछ । सदरमुकामको लाखे नाच हेर्न कष्ण जन्माष्टमीको दिन विभिन्न स्थानबाट सर्वसाधारणहरु सदरमुकाम आउने गर्दछन् । सदरमुकाममा वसोवास गर्ने नेवार समुदायका युवाहरुको अग्रसरता सवै जाति समुदायका यूवाहरु यतिवेला वर्षे मेलाको रमझममा झुमिरहेका थिए भने नौमुले,दुल्लु,माथिल्लो डुंगेश्वर,चुप्रा लगायतका वजारमा पनि वर्षे मेलाको रौनकता छाएको थियो ।
mela
मुठी रोपेर मुरी फलाउने वर्षायामको कामहरु सकेर फुर्सदिला भएका स्थानियहरु जात्राको रम्तेलु हुन गाउँ गाउँ देखि आउन गर्दछन् । वर्षे मेलामा लाखे नाचसंगै स्थानिय युवाहरु विभिन्न वर्ण र पहिरनको नक्कल गरेर जात्राको नाचमा सरिक भएर रम्तेलु दर्शकलाई मनोरंजन दिएका थिए ।
करीव एक महिनासम्म संचालन हुने यस मेलामा विभिन्न मुकुण्डा लगाएर अभिनयसहित नाचगानमा मस्त यूवाहरुको रमाइलो हेर्न अहिले गाउ गाउँवाट मानिसहरुको दैलेख वजारमा आउन थालेका छन् । गाँठे मंगल देखि सुरु भएको लाखे नाचसंगैैको वर्षे मेला कृष्ण जन्माष्टमीको भोलीपल्ट अन्त्य हुने गर्दछ । विभिन्न वाजा गाजा सहित ताम झामका साथ मनाइने यो जात्रालाई यहाँका मानीसहरु विशेष रुपमा लिन्छन् ।
एभरेष्ट, सुनगाभा, ज्वाला र भगवती यूवा क्लवहरुले यस जात्रालाई विगत लामो समयदेखि संचालन गर्दै आईरहेका छन् । मल्लकालका राजा प्रताप मल्लको समयदेखि नेपालको काठमाडौका नेवार समुदायले मात्रै मनाउने गरेको लाखे जात्रालाई अहिले दैलखमा सवै समुदायका मानीसहरुले विशेष चाडको रुपमा मनाउन थालेका छन् ।
गणेशचोक, देवकोटाचोक र लोकतान्त्रिक चौकबाट दिनहुँ सुरु हुने लाखेजात्रा हेर्न नगरपालिकाका वडा वडा र गाउँ गाउँ वाट यूवा यूवती, वुढावुढि र केटा केटीहरु आउँछन् । दुकी तवला, ढोल, लाखे, मारुनी, पञ्चकन्यासहित सिंगारेर निकालिने वर्षे मेलामा अहिले दैलेखीहरुको मोह वढेको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*