पहिला सेवा लिन आउन तिन जना सेवाग्राहीलाई सरकारी कार्यालयले गरे सम्मान

२१ भदौ , दैलेख । निजामती सेवा दिवस २०७२ को अवसरमा जिल्ला स्थित सबै सरकारी कार्यालयमा पहिला सेवा सेवा लिन आउने तिन जना सेवाग्राहीलाई सम्मान गरिएको छ ।
निजामती सेवाको सपना, समृद्ध नेपालको सचना भन्ने मुल नाराका साथ मनाइने यस वर्षको निजामती सेवा दिवसको अवसरमा सबै निजामती कर्मचारीहरुले सोमबार कार्यालय परिसरमा सरसफाई गर्नुका साथै बिरामीलाई फलपुल समेत वितरण गरेका छन् । निजामती सेवा दिवसकै अवसरमा जिल्ला नापी कार्यालयले पहिला सेवा लिन आउने कलमबहादुर कार्की, मदमलाल कार्की र सूर्यबहादुर कठाएतलाई फुलमालाले सम्मान गर्दै सेवा सुविधान छिटो छरितो प्रदान गर्ने उदाहरण प्रसतुत गरेको थियो । भने जिल्ला घरेलु तथा साना उद्योग बिकास कार्यालयले भैरीकालीकाथुम ३ का बिष्णु प्रसाद आचार्य, द्धारी गाबिस १ तुलाराम जैशी र खड्काबाडा गाबिस ५ का काशिराम शर्मालाई सम्मान गरेको कार्यालय प्रमुख परशुराम आचार्यले जानकारी दिए । त्यस्तै जिल्ला बिकास समितिमा यो समाचार तयार पार्दा सम्म कुनै पनि सेवा ग्राही सेवा लिन नआएको निमिक्त स्थानिय बिकास अधिकारी यामनारायण गौलीले जानकारी दिए ।
सेवाग्राहीलाई कार्यालयबाट दिईने सेवाहरु छिटोछरितो प्रदान गरिने सन्देश दिन र सेवाग्राहीलाई सन्तुष्ट पार्न कार्यालयमा सम्मान लिन आउनेलाई सम्मान नगरिएको निजामती सेवा दिवस समारोह समितिले जनाएको छ । आज मंगलबार निजामती सेवा दिवसको अवसरमा गणेश चोक देखि ¥यालि निकालीने समेत जनाइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*