कानुनी सहायतासंगै सचेतना अनिवार्य

२२ भदौ, दैलेख । विपन्न तथा आर्थिक रुपले कमजोर परीवारका लागि कानुनी सहायतासंगै व्यापक सचेतना कार्यक्रम पनि संचालन गरीनुपर्ने जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन् ।
प्रशस्त कानुन निर्माण भएको अवस्था भएपनि कानुनभित्र उल्लेख गरीएका कुराहरुको वारेमा आम नागरीक अहिले पनि जानकार नभएको हुदा जिल्लाका ग्रामिण क्षेत्रमा कानुनी सचेतनाका क्रियाकलाप संचालनको आवश्यकता देखिएको सरोकारवालाहरुले वताएका हुन् ।
जिल्ला कानुनी सहायता समिती,सामाजिक कानुनी सहायता केन्द्र दैलेखले मंगलवार आयोजना गरेको न्यायसंग सम्वन्धित समन्वयात्मक तथा विश्वासको विकास सम्वन्धि अन्तक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरुले कानुनी शिक्षाको अभावलाई हटाउन सम्वन्धित निकायहरुको सहकार्य अनिवार्य हुनुपर्ने समेत वताएका थिए ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी यज्ञराज थापा,दलित अधिकारकर्मी पार्वती विशुन्केलगायतका व्यक्तिहरुले कानुनी सहायता समितीले विपन्न तथा आर्थिक रुपले कमजोर परीवारका लागि कानुनी सहायता समितीले सिफारीशको आधारमा गरीने कानुनी सहायताको प्रक्रियालाई अझ शसक्त र वैज्ञानिक रुपमा लैजान नसके पहुंचवालाहरुले मात्र वढि सेवा प्राप्त गर्नसक्ने आशंका व्यक्त गरेका थिए । कार्यक्रममा वार एशोसियसन दैलेखका अध्यक्ष सुरेन्द्र अधिकारीले कानुनी सहायता समितीलाई प्रभावकारी र सार्थक वनाउन सवैको समन्वय जरुरी रहेको वताउदै सवै कानुनी प्रक्रियामा मात्र नभई कति उजुरीहरु मेलमिलापतिर लैजानुपर्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको वताएका थिए ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ता तथा जिल्ला कानुनी सहायता समितीका संयोजक विष्णुप्रसाद पौडेलले समितीले कानुनी सहायतासंगै सचेतना प्रदान पनि गर्दै आईरहेको र समितीको अधिकारक्षेत्र भन्दा वाहिर जादा झमेला वेहोर्नुपर्ने समस्या भएका कुरा जानकारी दिए ।
कार्यक्रममा सरोकारवालाहरुलाई जिल्ला कानुनी सहायता समितीअन्र्तगत रहेको सामाजिक कानुनी सहायता केन्द्रका कार्यक्रम संयोजक अधिवक्ता मातृकाप्रसाद खनालले केन्द्रले सेवाग्राहीलाई कानुनी जटिलतामा सहायतासंगै जवाफदेहिता प्रर्वद्धन,अदालतिय व्यवस्थापन,कानुनी शिक्षामा समावेशीकरण जस्ता विषयमा क्रियाकलाप गर्दै आईरहेको जानकारी दिएका थिए । उनका अनुसार केन्द्रले एकवर्ष भित्र २ सय ६१ वटा मुद्धामा कानुनी सहायता प्रदान गरीएको वुझिएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*