विपीलाई सम्झिदै तिज मनाईयो

रत्न शाही
२५ भदौ, दैलेख ।
नेपाल महिला संघ, दैलेखले विहिवार लंैंगिक समावेशीकरणलाई समेट्दै तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
स्थानीय टुँडीखेलमा भएको सो प्रतियोगिता महामानव विपि कोईरालाको १०१ औं जन्म जयन्तीको अवसर पारेर गरीएको आयोजकले जानकारी दिएका छन् । तिज गित प्रतियोगितामा जिल्लास्थित विभिन्न स्थानवाट महिला समुहहरु सहभागी भएका थिए ।
पुरस्कार राशीसहित गरीएको सो प्रतियोगितामा खुर्सानीवारी आमा समुहले प्रथम भएको छ । यसै गरि द्धितिय पुरस्कार नाराण महिला समुहले जितेकोछ भने तृतिय पुरस्कार विन्ध्यावासीनी महिला समुहले हात पारेको छ । प्रतियोगितामा बौद्ध ग्रामिण आमा समुह, महादेव महिला समुह, कालभैरव महिला समुह र चेतना आमा समुह सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथमलाई रु ५ हजार दोस्रोलाई रु ३ हजार ५ सय,तेस्रोलाई रु २ हजार र सान्त्वानालाई रु ५ सयका दरले आयोजकले पुरस्कार राशी र प्रमाण पत्र प्रदान गरेको थियो ।
नेपाली कांग्रेस निकट नेपाल महिला संघ, दैलेखले हरितालिका तिज पर्वको पुर्व सन्ध्यामा गरेको तिज गीत प्रतियोगिता कार्यक्रममा राष्टिय कलाकार शान्ता परियार र सुनिता वीसी लागाएत स्थानीय कलाकारहरुले तीज सम्वन्धी वेजोड प्रस्तुतीहरु राखेका थिए । प्रतियोगी समुह र कलाकारहरुले संविधानमा छुटेका महिला अधिकारका सवाल र बैशाख १२ मा गएको विनासकारी भुकम्पले गरेको क्षती सम्वन्धी वेदनाका गित सुनाएर सन्देश प्रवाह गर्न खोजेका थिए । कलाकारहरुले प्रस्तुत गरेका तिज गित सुनेर कार्यक्रममा उपस्थित दर्शकहरु भावविह्वल वनेका थिए । करिव हजार भन्दा वढि दर्शकहरु उपस्थित तिज गित प्रतियोगितामा जिल्लास्थित कांग्रेस नेताहरुले आगामी संविधानमा महिलाका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड समेत दिएका थिए । कलाकार तथा प्रतियोगिहरुले महिला माथि हुने सबै खाले विभेदको अन्त्य हुने खालको संविधान आउनु पर्ने कुरा पनि गितको माध्यामवाट पस्केका थिए । बर्ष भरिको दुखलाई हाँसो खुशीका साथ मनाइने हरितालिका तिज पर्वलाई महिलाहरुले विशेष चाडका रुपमा मनाउने गर्दछन् ।
नेपाल महिला संघ, दैलेख की अध्यक्ष सिता रानाले तिज गित प्रतियोगिता समापनका क्रममा बोल्दै अहिले गाउँ गाउँमा पनि तिज पर्वलाई महिलाहरुले अधिकार माग्ने थलोका रुपमा विकास गरिरहेकाले तिज पर्वको मर्यादालाई अझ परस्कृत गर्दै जानु पर्ने धारणा व्यक्त गरिन् । जिल्ला सदरमुकाममा हुने यस्ता खाले तिज गित प्रतियोगिता एफ एम रेडियोहरु द्धारा प्रत्यक्ष प्रशारण गर्नाले गाउँ र वस्तीका महिला दिदि बहिनीहरु शसक्त हुने मौका मिलेको भन्दै अध्यक्ष रानाले आगामी कार्यक्रम अझ सशक्त र सन्देशमुलक हुने बताइन् ।
तिज गित प्रतियोगिताका प्रमुख अतिथि पुर्व स्थानीय विकास राज्य मन्त्री गणेशबहादुर खड्का लगाएत नेपाली कांग्रेशका सभापति र अन्य नेताहरुले पुरस्कृत हुने समुहहरुलाई वधाइ ज्ञापन सहित हरितालिका तिजको अवसरमा सम्पुर्ण दैलेखी महिलाहरुलाई शुभकामना व्यक्त गरेका थिए । नेपाल महिला संघ, दैलेखको तिज गित विशेष प्रतियोगिता कार्यक्रमलाई लायन्स क्लव दैलेख र भैरहवा सुन चादी पसल, हमाल भाडा पसल लगायतका व्यवसायीहरुले आर्थिक सहयोग गरेका थिए । कार्यक्रमको संचालन निर्मला खड्काले गरेकी थिइन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*