राष्ट्रसेवक बहुउद्देश्यीय सहकारीको जायजेथा झण्डै २ करोड ३२ लाख

२५ भदौ, दैलेख । थोरै भए पनि बजत गरौ भन्ने मुल अभिप्रायले २०६४ सालमा स्थापीत राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको कुल जायजेथा झण्डै २ करोड ३२ लाख रहेको छ ।
स्थापना कालमा २७ जना सयर सदस्यहरुको १२ हजार ५ सय कुल पुजीबाट स्थापना भएको सहकारीले आठौ वर्ष पुग्नै लाग्दा १ करोड ९० लाख २२ हजार १३ दसमलब ८८ रुपैया बचत गरेको छ । सहकारीको आठौ साधारण सभा सम्म आईपुग्दा ३ सय ७६ शेयर सदस्य ५ जना बाल बचत र २ वटा संस्था सदस्यहरुलाई गोलबद्ध गरेको छ । आर्थीक बर्ष २०७१÷०७२ मा संस्थाको कुल शेयर पुँजी ३३ लाख ६५ हजार ५ सय छ भने बचत रकम ८६ लाख २२ हजार २ सय ५० रुपैया रहेको छ ।
सहकारीले प्रमुख ४ क्षेत्रमा १ करोड ३९ लाख ८८ हजार ८ सय ७३ रुपैया लगानी गरि सकेको छ । सहकारीले ब्यापारमा सबैभन्दा बढी ६२ लाख ५० हजार , कृषीमा २१ लाख ५३ हजार, जग्गा खरिदमा ४८ लाख ६२ हजार ८ सय ७३ रुपैया र अन्यमा ७ लाख २३ हजार रुपैया क्रृण लगानी गरेको छ । यस आर्थीक बर्षमा संस्थाले ४७ हजाार ७ सय ९० रुपैया खुद मुनाफा गरेको छ ।

Categories: अर्थ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*