नयाँ संविधानमा महिलाका अधिकार माग्दै तिज मनाइयो

२८ भदौ, दैलेख । अखिल नेपाल महिला संघ, दैलेखले नयाँ संविधानमा महिलाका अधिकार सुश्चित गर्न माग गर्दै तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।
स्थानीय टुँडीखेलमा भएको सो प्रतियोगिता निकट भविश्यमै जारि हुन लागेको नयाँ संविधानमा महिलाका अधिकारको ज्ञारेन्ट गर्न तिजको अवसर पारेर गरीएको आयोजकले जानकारी दिएका छन् । तिज गित प्रतियोगितामा जिल्लास्थित विभिन्न स्थानवाट २१ वटा महिला समुहहरु आफ्नो मौलिकतामा सहभागी भएका थिए ।
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ, दैलेखले हरितालिका तिज पर्वको पुर्व सन्ध्यामा गरेको तिज गीत प्रतियोगिता कार्यक्रममा राष्टिय कलाकार सपना शाही, मनकुमारी सुनार लागाएत स्थानीय कलाकारहरुले तीज सम्वन्धी वेजोड प्रस्तुतीहरु राखेका थिए भने स्थानिय स्टार डान्स क्लबका कलाकारहरुले नृत्य प्रस्तुत गर्दै दर्शकलाई सन्तुष्ट पारेका थिए । प्रतियोगी समुह र कलाकारहरुले संविधानमा छुटेका महिला अधिकारका सवाल र संविधान जारी गर्ने मिति नजिकिदै जाँदा देशका विभिन्न भागमा भैरहेका आन्दोलनलाई समेटेर गित सुनाएर सन्देश प्रवाह गर्न खोजेका थिए । कलाकारहरुले प्रस्तुत गरेका तिज गित सुनेर कार्यक्रममा उपस्थित दर्शकहरु भावविह्वल वनेका थिए । प्रतियोगितामा एमालेका नेताहरुले आगामी संविधानमा महिलाका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए । कलाकार तथा प्रतियोगिहरुले महिला माथि हुने सबै खाले विभेदको अन्त्य हुने खालको संविधान आउनु पर्ने कुरा पनि गितको माध्यामवाट पस्केका थिए । बर्ष भरिको दुखलाई हाँसो खुशीका साथ मनाइने हरितालिका तिज पर्वलाई महिलाहरुले विशेष चाडका रुपमा मनाउने गर्दछन् ।
अखिल नेपाल महिला संघ, दैलेख की अध्यक्ष सारदा श्रेष्ठले तिज गित प्रतियोगिता समापनका क्रममा बोल्दै अहिले गाउँ गाउँमा पनि तिज पर्वलाई विकृति र गहना प्रहर्शनका रुपमा विकास गरिरहेकाले तिज पर्वको मर्यादालाई अझ परस्कृत गर्दै जानु पर्ने धारणा व्यक्त गरिन् । विगतको परम्परालाई आत्मसाथ गर्दै तिजलाई भावना साटा साटको माध्याम बनाउनु पर्ने बताईन् । तिज गित प्रतियोगिताका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले पुरस्कृत हुने समुहहरुलाई वधाइ ज्ञापन सहित हरितालिका तिजको अवसरमा सम्पुर्ण दैलेखी महिलाहरुलाई शुभकामना व्यक्त गरेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*