भुसको लोग्ने मान्छे विमोचन

१२, असोज, दैलेख । महिलाहरुको प्रजनन स्वास्थ्य अधिकार प्रवद्धनमा आधारित टेलि सिरियल दैलेखमा विमोचन भएको छ । महिला शसक्तिकरण मञ्चले आयोजना गरेको प्रजनन स्वास्थ्य अधिकारको प्रवद्धन विषयक कार्यशाला गोष्ठिमा भुसको लाग्ने मान्छे नामक टेलि सिरियल विमोचन भएको हो । गोष्ठिका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेले उक्त सिरियल जिल्ला विकास समितिको सभाहलमा सरोकारवालाहरुका विच विमोचन गरेका हुन् । विशेष गरि महिलाहरुले प्रजनन स्वास्थ्य अधिकारमा पुरुषहरुको व्यवहार र हेल्चक्र्याई लाई सिरियलमा उद्धृत गरिएको छ । कार्यशालामा उपस्थित सहभागीहरुलाई उक्त ४० मिनेटको सिरियल देखाइएको थियो ।
महिला प्रजननमा देखिएका समस्या र चुनौतीहरुमा भैरहेका विद्यमान प्रगति र अझ गर्नु पर्ने कार्यक्रमको वारेमा महिला शसक्तिकरण मञ्च र परिवार नियोजन संघले कार्यशालामा छुट्टा छुट्टै कार्यपत्र समेत प्रस्तुत गरेका थिए । महिलाहरुको स्वास्थ्य महिलाहरुकै अधिकार महिला स्वास्थ्यमा कसैको हस्तक्षेप नहुने वातावरण श्रृजना गर्न सबै तह र तप्का लाग्नु पर्ने सरोकारवालाहरुले भनाई राखे । सरकारी गैर सरकारी निकाय संघ संस्था, राजनीतिक दल र संचार माध्याम सम्वद्ध प्रमुख प्रतिनिधीहरु कार्यक्रमका सहभागीका रुपमा थिए ।

Categories: समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*