पहुँच अभिवृद्धि गर्न समाहित शिक्षा

१२, असोज, दैलेख । अपांगता भएका बालबालिकाहरुको शिक्षामा पहूँच अभिबृद्धि गर्न समाहित शिक्षा पद्धतिलाई अवलम्वन गर्नु आबस्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।
सोमवार अपांगता भएका बालबालिकाहरुका लागि राष्ट्रिय अपांग महासंघ नेपाल र एफ. एफ. ओ. नर्वेको सहयोगमा पञ्चकोशी अपांग विकास मञ्च दैलखले मेरो पनि उही अधिकार परियोजना संचालन सम्वन्धी गरिएको समन्वाय तथा छलफल वैठकका सहभागीहरुले यस्तो कुरा बताएका हुन् । वैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरे, जिल्ला विकास समिति सुचना अधिकृत शमशेरबहादुर शाही, निमित्त जिल्ला शिक्षा अधिकारी महेश केशर खनाल, जिल्ला जनस्वास्थ्य अधिकृत निर्मल रसाली, निमित्त महिला विकास अधिकृत मनसरा शाही र सेभ द चिल्डेन दैलख कार्यक्रम प्रमुख आत्माराम भट्टराई लगाएतका व्यत्तित्वहरुले अपांगता भएका बालबालिकाहरुको शिक्षा पाउने अधिकार शुनिश्चित गर्न समाहित शिक्षा प्रणाली उत्तम भएको बताए । विद्यालय बाहिर रहेका अपांगता बालबालिकाहरुको स्कुल जाने वातावरणमा भैरहेका अवरोधहरुको पहिचान गरी परियोजनाले रिर्पोट प्रस्तुत गरे आआफ्नो निकायवाट सहयोग गर्ने सरोकारवाला सहभागीहरुको प्रतिवद्धता थियो । विद्यालयहरुमा सांग बालबालिकाहरु संगै एउटै कक्षामा अपांगता भएका बालबालिकाहरुलाई पठन पाठनकोे सहज वातावरण श्रृजना गर्नु समाहित शिक्षा पद्धतिको विशेषता हो । मेरो पनी उही अधिकार परियोजनाले पहिलो चरणमा दैलेखका नारायण नगरपालिका, वेलपाटा, लाँकुरी, डाडापराजुल र बराह गाविसमा स्कुल वाहिर र भित्र रहेका अपांगता भएका बालबालिकाहरुको तथ्यांक संकलन गरि समस्या जाँचबुझ गर्ने छ । समस्या र चुनौती जाँचबुझ प्रतिवेदनका आधारमा स्कुल बाहिरकालाई स्कुल भर्ना गर्ने र भित्रका लाई सहज बातावरण बनाउने काम परियोजनाको रहेको छ । समस्या समाधानमा सबैको दायित्व उत्तिकै रहेकाले उक्त छलफल तथा समन्वाय वैठक गरिएको आयोजक संस्था पञ्चकोशी अपांग विकास मञ्च, दैलेखले जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*