भारतीय हस्तक्षेपको दैलेखमा पनि बिरोध, दुल्लु बासीले गरे हिन्दी च्यानल बन्द

१२ असोज, दैलेख । नेपालको संविधान २०७२ जारी भए सँगै भारतले अघोषित रुपमा गरिरहेको नाकाबन्दीको दैलेखमा पनि विरोध गरिएको छ ।
नयाँ संविधान घोषणा सँगै मधेश केन्द्रित दलहरुले गरिरहेको आन्दोलनलाई सघाउ पुग्ने गरि भारतले अघोषितरुपमा गर्दै आएको नाका बन्दि बिरुद्ध दैलेखका यूवा तथा विद्यार्थीहरु सडकममा उत्रिएका हुन । विभिन्न राजनीतिक दल संग सम्बध विद्यार्थी संगठन, दैलेखी यूथले नाकाबन्दीको विधराधमा विरोध प्रर्दशन गरेका हुन् । सदरमुकाम दैलेख बजारमा जुलुश गर्दै यूवा विद्यार्थिहरुले ब्याक अफ ईण्डिया , भारतिय हस्तक्ष्ोप बन्द गर , हिमाल पहाड तराई कोही छैन पराई भन्ने जस्ता नारा लगाएका थिए । त्यसै गरि नेपाल मजदुर किसान पार्टीले पनि भारतिय नाकाबन्दीको बिरोध गर्दे सदरमुकाममा कोणा सभाका आयोजना गरेको छ ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेर नाग्गो हस्तक्षेप गरेको भन्दै दुल्लु बासीले सबै हिन्दी च्यानहरु बन्द गरेका छन् । एक सार्वभौम सम्पन्न मुलुकमा छिमेकी मुलुकले ठाडो हस्तक्षेप गरेको भन्दै भारतीय नाकाबन्दीले नेपालमा मात्र नभएर भारतलाई पनि घोटा हुने प्रमाणीत गर्न पहिलो चरणमा टिभी च्यानलहरु बन्द गरिएको दुल्लु बासीले जानकारी दिएका छन् । भारतले आफ्नो रबैयामा परिवर्तन नगरे अहिले बजारमा विक्रि गरिने भारतमा बनेका सबै बस्तुको उपभोग समेत बन्द गर्न तयार हुनुपर्ने दुल्लुबासीको भनाई रहेको छ ।
भारतीय नाकाबन्दीका कारण दैलेखमा पनि ग्यास र पेट्रोलियम पदार्थको अभाव देखिन थालेको छ । जिल्लामा सवारी साधनको चाम अनुसारको पेट्रोलिय पदार्थ दिन नसकिने ब्यवसायीहरुले बताएका छन् । खाना पकाउने ग्यास, पेट्रोल, डिजेल लगाएतका पेट्रोलियम पदार्थहरु सुर्खेतबाट आउन छाडेकाले अभाव महसुस भएको ब्यवसायीले बताएका छन् । पेट्रोलीयम पदार्थको अभाव हुन थाले पछि जिल्लामा पनि चोर विजोर प्रणाली लागु गरिएको जिल्ला ट्राफिक कर्यालयले जनाएको छ । लामो समय सम्म भारतिय नाकाबन्दी कायम रहे पनि दैनिक उपभोग्य सामानमा भने कुनै अभाव नहुने उद्योग बाणीज्य संघले जनाएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*