राहत शिक्षक परिक्षाको छानविन गर्न जिशिकाको निर्देशन

हाम्रो तेस्रोआँखा समाचारदाता
१८ असोज, दैलेख । सरस्वता प्राथमिक विद्यालय, द्धारी ८ भाडेको रहत शिक्षक परिक्षा अमर्यादित भएको भन्दै जिल्ला शिक्षा कार्यालयले छानविन गर्न निर्देशन दिएको छ ।
आर्थिक चलखेल, अमर्यादित परिक्षा सञ्चालन गरेको भन्दै जिल्ला शिक्षा कार्यालयम ८ जना शिक्षक पदका परिक्षार्थीहरुले लिखित उजुरी दिएपछि जिल्ला शिक्षा कार्यालयल छानविन गरी प्रतिवेदन पेश गर्न विद्यालय निरिक्षक झलक कोईरालालाई पत्र बुझाएको छ । विद्यालयको महिला राहत शिक्षक पदमा रिक्त पदपुर्तीका लागि भदौ ३ गते सुचना प्रकाशित गरि लिखित परिक्षा विभिन्न बहानामा सारि आर्थिक चलखेल गरेर गरिएको भन्दै परिक्षार्थीले उजुरी दिएको बताएका छन् । शिक्षक पदका सबै परिक्षार्थी सदरमुकाम उपश्थित भएको बेलामा परिक्षा नगरी सिमित परिक्षार्थीको उपश्थितीमा अमर्यादित परिक्षा सञ्चालन गरेको परिक्षार्थीले आरोप लगाएका छन् । परिक्षार्थीलाई परिक्षाको जानकारी गराउनु पर्ने विद्यालयको दायीत्व भए पनि सो अनुसार नगरिएको उनिहरुको आरोप छ ।
अगुवा स्रोत केन्द्रमा लागिएको परिक्षा अमर्यादित भएको भन्दै उजुरी दिएका छौ, यसको सुनुवाइ नभए विद्यालयमा तालाबन्दी लगाएतका संघर्ष गर्छौ भन्दै परिक्षार्थीले उजुरी दिएको एक प्रतक्षदर्शीले बताए । असोज ८ गते लगिएको लिखित परिक्षामा सहभागी भएर उत्तिर्ण भएकि तिर्थाकुमारी रिमालले परिक्षा अमर्यादित भएका कारण आफु मौखिक परिक्षामा सहभागी नभएको बताएकि छिन् । असोज ८ गते सञ्चालित परिक्षा रद्धगरी पुन परिक्षा लिन उनले माग गरेकी छिन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*