भारतिय नाकाबन्दीको असर दैलेखीमाथी पर्न दिदैनौ .ं डिमेगा

१८, असोज दैलेख । भारतले गरिरहेको अघोषीत नाकाबन्दीको जिल्ला खघुउद्यमी समुह संघ(डिमेगा) ले बिरोध गर्दै राज्यले दिर्घकालिन सोज अधिसारे जिल्लाई आवश्यक पर्ने गास, बास लगाएतका आधारभुत बस्तुको अभाव हुन नदिने बताएको छ ।
राज्यले आत्मनिर्भरतामा जोडदिदै उद्यमीलाई प्रोत्साहन दिने कार्ययोजना ल्याए जिल्ला लघुउद्यमी सुमहले जिल्लाको आधारभुत आवश्यकता पुर्ती गर्ने जनाएको छ । जिल्लामै उद्यमीलाई सौलियत दरमा क्रृण उपलब्ध गराई र औद्योगीगक क्षेत्र स्थापना गरिए विदेशी हस्तक्षेमको डटेर समाना गर्न सक्ने अवस्थामा रहेको जिल्लला खघुउद्यमी समुहस संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए । राज्यको दृष्टिकोण सकारात्मक भए बाहिरबाट आउने जुसलाई दैलेखमै उत्पादीत बेलको जुले विस्तापन गर्ने सक्ने अध्यक्ष खत्रीको दावि छ । भारतबाटा आउने केहि सामानहरु भन्दाmगुणस्तरिय र सस्तोमा उपलब्ध गराउन समह सँग क्षेमता रहेको बताउदै नेपाल र नेपालीको अत्मर्भरता कायम राख्न राज्यले तदारुपदा देखाउनु पर्ने भन्दै परनिर्भरतामुखी सोचाई परिवर्ततन गर्न आग्रह गरे ।
भारततिय नाकाबन्दीको विरोधमा आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष खत्रीले समुह सँग आवद्ध उद्यमीले उत्पादन गरेका अगरवत्ती, मैनवत्ती, बेजजुस, दालमोठ, ढाकाका कपडा, मसला, दुना, टपरी, जुत्ता, चप्पल, फर्निचर र अल्लोका कपडाहरु उत्पादन भैरहेको र भारतले बर्षै नाकाबन्दी लगाएपनि जिल्लालाई यसमा अप्ठेरो पर्न नदिने अध्यक्ष अत्रीको दावि छ । सम्मेलनमा वितरित विज्ञप्तिमा स्थानिय साधन र स्रोतलाई प्रसोधनगरी स्वरोजगार र आत्मनिर्भर जिल्लाबनाउने सम्भावना भएको भन्दै जिल्लालाई औद्योगीकरण तर्फ अगाठी बढाउन सरोकारवाला सबैलाई आग्रह गरिएको छ । उतपादनमा मात्रै नभएर अधिकारका लागि समुह लडन पनि तयार रहेको भन्दै बिरोध मात्रै नभएर चुनौतिको सामना गर्दै आत्मर्निभरताको बाटो तर्फ अग्रसर हुनुपर्ने बताइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*