टुईन जीर्ण हुँदा यात्रु जोखिम यात्री गर्न बाध्य

१८ असोज, दैलेख । भानाकोट,(अछाम)असोज १८ गते । दैलेखको पिपलकोट र अछामको भानाकोट जोड्ने कर्णाली नदीको टुईन जीर्ण हुँदा यात्रीहरु जोखिम यात्रा गर्न बाध्य छन् । कर्णाली नदीमा पुल नहुँदा त्यसभेगमा यात्रा गर्ने यात्रीले टुईनबाट जोखिम यात्रा गर्नुपर्ने बाध्यता रहेको हो ।
टुइनबाट यात्रा गर्दा कतिखेर कर्णाली नदीमा खसिने हो भन्ने चिन्ताले लाग्ने गरेको भानाकोटका ४५ वर्षिय चिनबहादुर विकले बताउनुभयो । “के गर्ने, जीउको बाजी लाएर यात्रा गर्नुपर्छ । घरमा चाहिने रासन पानी जति हामी त्यही टुईनबाट ओसारप्रसार गछौं ”उहाँले थप्नुभयो । नजिक बजार नहुँदा भानाकोटबासी दैलेखको खिड्कीज्युलाबजार बाट रासन पानी ल्याउने गरेको मानबहादुर विष्टले बताउनुभयो । यहाँ कतै बजार छैन् । हामी त्यहाँ नगई भएन । अछाम जिल्लाका अन्य गाविसलाई सडक सञ्जालले छोएपनि काँलेकाँडा गाविसलाई सडक सञ्जालले छोएको छैन् । आफ्नो क्षेत्रको जिल्लामा नेता कार्यकर्ता नहुँदा आफुहरु विकासबाट बञ्चित हुनु परेको उहाँको भनाई छ ।
विष्ट मात्र होइनन् काँलेकाँडाको भानाकोट आफ्ना नातेदारलाई भेट्ने जाँदा जोखिमपुर्ण यात्रा गर्नु परेको दैलेख राकमकर्णालीकी पवित्रा माझी पिडा सुनाउनुभयो । “कति मान्छेले त टुईनमा यात्रा गर्दा देवी देवता सम्म भाकल गरेर यात्रा गर्छन । मैले पहिला टुइन तर्दा आफनो कुल देवता नैनेल देवतालाई सम्झेर टुइन तरेको खुलासा गर्नुभयो ।
सोही गाविसको चिल्तडामा पुल भएपनि दुईघण्टाको पैदल जोखिमपुर्ण घोडेटो बाटो भएकाले जीर्ण टुईनलाई सजिलो माध्यम भएको केशव विकले बताउनुभयो । ‘नजिक पुल छैन् तिल्तडामा पुल छ त्यहाँबाट हिडेर आउँदा दुई घण्टा लाग्ने बाटो अप्ठयारो भएकाले टुईनबाट जोखिम यात्रा गर्न बाध्य भएको हौ’उहाँले भन्नुभयो । टुईन भएको ठाउँमा पुल निर्माणको लागि भने अघिल्लो बर्ष सर्वे गराएर यो वर्षमा सञ्चालन हुने नेपाली काँग्रेसकी क्षेत्रिय कोषाध्यक्ष कल्पना जैसीले जानकारी दिनुभयो । ”विकास भनेको सबै एक पटक गर्न सकिदैन । एकपछि अर्को हुने हो । अघिल्लो वर्ष विद्युत बनाएर गाउँघर झिलीमिली पारियो यो वर्ष झोलुंगे पुललाई जोड दिइन्छ ”उहाँले भन्नुभयो ।
टुईनलाई केही मानिसले अवैध कारोबारको सजिलो माध्यम भएको राजु विकले जानकारी दिनुभयो । तत्कालिन द्धन्द्धको बेला नेकपा माओवादी त्यसै टुइनलाई वारपार गर्ने सुरक्षित यात्रा रुपमा लिएको एक माओवादी कार्यकर्ताले खुलासा गरे । कर्णाली राजमार्गको निर्माणको लागि दैलेखको सिगासैनमा नेपाली सेनाले केहीकाही खिड्कीज्युलामा कालिकोटको सेनाले जीत लगायतका पुलमा मुडभेट हुनेसक्ने डरले आफुहरुले यसै टुइनलाई नै सुरक्षित यात्रा बनाएका थियौं । संविधान सभा ०७० चुनावमा भोट माग आएका नेकपा एमालेका साँसद भरत सावदलाई कर्णाली नदीमा पुल बनाईदिने आश्वासन दिएपछि भोट दियौं,जितेर गएपछि फर्किएनन् सोही गाविसका कौशिला विकले दुसेसो पोख्नुभयो ।

नेपालको संविधान २०७२ घोषणा पछि भने त्यसभेगका बासिन्दा आफ्ना समस्या भन्दा पनि संविधान बनेकोमा धुमधाम सँग खुसियाली मनाएको प्रजापति जैसीले जानकारी दिनुभयो । हामीले विकास बारे बुझेका छौं देशमा संविधान नहुँदा र दश वर्षे द्धन्द्धले विकासमा अवरोध पारेकाले हामी पछि परेको हौं संविधानपछि विकास हुने विश्वास लिएका छन् त्यस भेगका बासिन्दाले ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*