अन्धविश्वासले गुम्यो, सुत्केरीको ज्यान

यज्ञराज थापा
पुस २९ गते । सुत्केरी अवस्थामा आवश्यक स्याहारसुसार नपाएर थला परेकी एक युवतीले सामाजिक अन्धविश्वासका कारण अकालमा ज्यान गुमाएकी छिन् । ज्यान गुमाउनेमा नारायण नपा–४ भैसींखोरकी १७ वर्षिया चन्द्रा सुनार रहेको र उनको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । उनी सुत्केरी भएको डेढ महिनामात्र पुगेको थियो ।
चन्द्राले सुत्केरी अवस्थामा न्यानो कपडा र पोषीलो खानेकुरा नपाएर थला परेको वेला स्वास्थ्य संस्थामा नलगी परीवारले भुतप्रेत लागेको भन्दै धामीझांक्रिलाई देखाउनुको कारण नै चन्द्राले अकालमा ज्यान गुमाएको माईतीले आरोप लगाएका छन् । चिसो मौसममा सुत्केरीको झन वढी स्याहारसुसार गर्नुपर्ने भएपनि परीवारको अन्धविश्वास नै मृत्युको कारण भएको आफन्तको भनाई रहेको छ ।
उमेर नपुग्दै वच्चा जन्माउदा शारीरीक रुपमा कमजोर भएकी चन्द्रा सुत्केरी भएको वेला पनि परिवारवाट उपर्युक्त स्याहारसुसार नपाउदा थला परेकी थिईन् । वच्चा जन्माउदा शारीरिक रुपमा कमजोर भएको अवस्थामा उनलाई स्वास्थ्य संस्थामा लैजानुको साटो परीवारको सल्लाहमा श्रीमान लालु सुनारले भुतप्रेत लागेको भन्दै चन्द्रालाई केहि दिन धामीझांक्रिलाई देखाएर समय खर्चेको छिमेकीले वताएका छन् । धामीझांक्रीसंग देखाउदा पनि निको हुने छांट नदेखेपछि थला परेकी सुत्केरी श्रीमतीलाई घरमै छाडेर श्रीमान लालु विदेशतिर हिडेका थिए ।
छोरीले सुत्केरी हुदा स्याहार नपाएर दिनदिनै थला पर्दै गएको थाहा पाएपछि चन्द्राकी आमाले उनलाई माईत ल्याएकी थिईन् । सामाजिक अन्धविश्वासका कारण चन्द्रा झन्झन् शारीरिक रुपमा कमजोर हुनथालेपछि माईतीले क्रृण काढेर उपचारका लागि उनलाई नेपालगंजसम्म पुर्याएका थिए । तिनदिनसम्म नेपालगंजको निजी अस्पतालमा थुप्रै पैसा खर्च गर्दा पनि अन्तत उपचारको क्रममा चन्द्राको सोमवार विहान मृत्यु भयो । उपचारमा संलग्न डाक्टरहरुले चिसोले गर्दा चन्द्राको फोक्सोमा पानी जमेकोले उपचारमा कठिनाई भएको वताएका थिए । र्
छोरीलाई माईत ल्याउने वेलामा नै आशा मारीसकेको थिए’,चन्द्राकी आमाले रुदैं भनिन् र्। परीवारले राम्रो ख्याल गरीदिएको भए छोरी वाच्ने थिई ।’ सुत्केरी छोरीले स्याहार नपाएर थला परेको थाहा पाएर लिन जादा चन्द्राको परीवारले डेढ महिनाको नातीलाई घरमै राखी छोरीलाई मात्र आफुसंग पठाईदिएको आमाले दुखेसो पोखिन् ।
मृतक चन्द्राको मंगलवार माईतीले लोहोरे खोलामा अन्त्येष्टि गरेका छन् । वहिनीको अन्त्येष्टिमा घरपरीवारलाई डेढ महिनाको नवशिशुलाई ल्याएर आउन खवर गरेपनि कोही पनि नआएको चन्द्राका दाजु सुदिपले गुनासो गरेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*