खेलकुद समितिका सदस्यको विदाई

दैलेखखवर समाचारदाता
२३ चैत्र, दैलेख । दैलेख खेलकुद विकास समितिका सदस्य टेकबहादुर खडकाको एक कार्यक्रमका विच विदाइ गरिएको छ । विगत लामो समय देखि जिल्लाको खेलकुद क्षेत्रमा समितिमा रहेर काम गरेका खड्का क्षेत्रीय खेलकुद विकास समिति बाँकेमा सदस्य पदमा मनोनीत भए पछि जिल्ला खेलकुद विकास समिति दैलेखले बधाइ ज्ञापन गर्दै विदाइ गरेको हो । खड्कालाई राष्टिय खेलकुद परिषदले रिक्त रहेको मध्यपश्चि क्षेत्रीय खेलकुद विकास समितिमा यही चैत्र १९ गते सदस्य पदमा मनोनित गरि पठाएको थियो । जिल्ला खेलकुद विकास समिति दैलेखले खड्का मार्फत क्षेत्र नम्वर १ र २ मा एक एक कवर्डहल निर्माणका लागि राष्टिय खेलकुद परिषदमा माग पत्र समेत पठाएको छ ।

Categories: समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*