एमालेमा प्रवेशको लहर

दैलेखखवर समाचारदाता
२३ चैत्र दैलेख ।
एनेकपा माओवादीका जिल्ला कमिटी सदस्य विरबहादुर रावत सहित सात्तला सिंगो गाउँ कमिटि एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले जनताको मन जित्न सफल भएको भन्दै जिल्ला कमिटि सदस्य रावल सहित सिंगो गाउँ कमिटि एमालेमा प्रवेश गरेका हुन् ।
सात्तला गाउँ कमिटि अध्यक्ष तिलक बहादुर शाही, उपाध्यक्ष लक्ष्मी थापा, सचिव टोपबहादुर विष्ट, सदस्य वलविरे वि.क, लोकबहादुर विक, खड्कबहादुर नेपाली, खड्के रावत, खड्क र खड्क नेपाली सहित २० जना पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेकपा एमाले दैलेखले जनाएको छ ।
जनताको वहुदलिय जनावादको कदर गर्ने नेकपा एमाले सदैभ आम नेपाली जनताको हितमा काम गर्ने सिंगो पार्टी भएकाले पछल्लो समयमा दैलेख लगाएत अन्य जिल्लाहरुमा पनि एमालेमा प्रवेशको जनलहर चलेको नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रविन्द्रराज शर्माले बताए ।
नेपाली कम्न्यूष्टहरु विभाजन रहेका र सवैलाई एकता गरेर एकै ठाउँमा उभाउन सक्ने क्षमता नेकपा एमालेसंग रहेको अध्यक्ष शर्माको भनाई छ । ‘नेकपा एमाले जहिले पनि जनताको पक्षमा रहँदै आएको छ’ शर्माले भने, ‘त्यसैले पनि केन्द्र देखि जिल्ला तहसम्म एमालेले गरेका काम आफ्ना जिम्मेवारी पुरा गरेकाले नेपाली जनताले राम्रोसंग चिनेर एमालेमा प्रवेशको जनलहर चलेको हो ।’
mb
जनताको बहुदलीय जनवाद जननेता क. मदन भण्डारीले प्रतिपादन गर्नु भएको नेपाली क्रान्तिको मौलिक कार्यक्रम भएकाले पनि नेकपा एमाले सधै जनातको विश्वाससको पात्रको रुपमा रहँदै आएको छ । नेकपा एमालेको पाचौं राष्ट्रिय महाधिवेशनद्वारा अत्यधिक बहुमतद्वारा जनताको बहुदलीय जनवाद पारित गरेपछि त्यसको सिद्धान्त, कार्यक्रम र कार्यनीतिका आधारमा अघि बढ्ने क्रममा नेकपा (एमाले) सर्वाधिक जनआधारित र लोकप्रिय पार्टी बन्न पुगेकाले पनि एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको हो ।
साथै नेकपा एमाले दैलेखको दई ओटै नगर र क्षेत्रको अधिवेशनको तयारी तिव्र गतिमा अगाडि वढाएको नेकपा एमाले दैलेखका उपाध्यक्ष प्रेमबहादुर थापाले वताए । नेकपा एमाले दैलेखले गाउँ गाउँमा आफ्नो संगठ विस्तार संगै नगर र क्षेत्रको अधिवेशनमा जोड दिएको उपाध्यक्ष थापाको भनाई छ ।
ऋजबत

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*