नियम विपरित रकम लिने प्रहरी र्अिधकृतलाई कारवाही भएन

दैलेखखवर समाचारदाता
२४ चैत्र, दैलेख । मुद्धा मिलाईदिने भन्दै नियम विपरित पैसा असुली गरेका नौमुले ईलाका प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी नायव निरीक्षक डेनीवहादुर स्वांरलाई कारवाही नभएको पिडितले गुनासो गरेका छन् । वालुवाटार गाविस–१ की कौशिला उपाध्यायवाट ईन्चार्ज डेनीवहादुर स्वारले मुद्धा मिलाईदिने भन्दै गत असोजमा ५० हजार रुपैंंया लगेका थिए ।
पारीवारीक मुद्धाका विषयमा मुद्धा मिलाईदिने भन्दै प्रनानी स्वारले ५० हजार लिएको र अहिलेसम्म १० रकम मात्र फिर्ता गरेको पिडितले गुनासो गरेकी छिन् । सार्वजनिक रुपमा वांकीे रकम फिर्ता गर्ने र ईन्चार्ज स्वांरलाई विभागिय कारवाही गरीने आश्वासन पाएपनि अहिलेसम्म केहि नभएको पिडितको भनाई रहेको छ । dig
जिल्ला प्रहरी प्रमुख डिएसपी वीरवहादुर ओलीलाई पनि सो विषयमा पटक पटक जानकारी गराईएको तर वेवास्ता गरीएकोले झन् पिडित हुनु परेको कौशिलाका छोरा मनिराम उपाध्यायले वताएका छन् र्। डिआईजीले न पैसा फिर्ता गराईदिए ,न सईलाई कारवाही भयो, मनिरामले भने,केहि नगर्ने भए किन सवैका अगाडी त्यस्तो वोलेका हुन् दंग परेका छौ ।
जिल्ला प्रहरी प्रमुख आफ्नो गुनासोप्रति गम्भीर नभएपछि चैत्र ७ गते मातहत कार्यालय निरीक्षण अनुगमनका क्रममा ईलाका प्रहरी कार्यालय नौमुले पुगेका मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममै पिडित कौशिलाले ईन्चार्जले मुद्धा मिलाईदिने भन्दै पैसा लिएको कुरा सार्वजनिक रुपमा राखेकी थिईन् । पिडितको कुराप्रति चासो राख्दै डिआईजी नेपालले एकहप्ताभित्र छानविन गरी प्रक्रिया अगाडी वढाईने आश्वासन दिएका थिए । सोही अवसरमा नेपालले जिल्ला प्रहरी प्रमुखलाई एक हप्ताभित्र छानविनको लागि निर्देशनसमेत दिएका थिए । डिआईजीले सार्वजनिक रुपमा विवादमा मुछिएका सई स्वांरलाई फिर्ता गरी एक हप्ताभित्र नौमुलेमा प्रहरी निरीक्षक खटाईने उद्घोष गरेपनि कार्यान्वयन हुन नसकेको त्यस क्षेत्रका स्थानियले आपत्ती प्रकट गरेका छन् ।
प्रहरी अधिकृतले रकम लिएकोप्रति अहिले दैलेख तिव्र रुपमा जनचासो वढेको पाईएको छ । धेरै सर्वसाधारणले लामो समयसम्म पनि यस विषयमा कुनै कारवाही प्रक्रिया अगाडी नवढ्नुलाई प्रहरी संगठनभित्र मिलेमतंो भएको आशंका गरेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*