सेबक दैलेखको नवौ साधारण सभा तथा चौथो महाधिवेशन सम्पन्न

दैलेखखवर समाचारदाता
चैत्र २७, दैलेख । जिल्लामा क्रियाशिल दिगो कृषि तथा वातावरण र जलश्रोत संरक्षण केन्द्र(सेवक) दैलेख को साधारण सभा एवं चौथो महाधिवेशन सम्पन्न भएको छ ।
दैलेख जिल्लामा २०६३ साल देखि गैरसरकारी संस्थाको रुपमा स्थापीत सेवक दैलेखले नवौ साधारण सभा तथा चौथो अधिवेशन आज भव्य रुपमा जिल्ला विकास समितिको हलमा संस्थाको अध्यक्ष महारुप खत्री को अध्यक्षता, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
फिल्ड सुशासन अधिकृत चक्र बहादुर जि.सी को संचालन रहेको सेवक दैलेखको साधारण सभाबाट संस्था को कार्यसमितिका सचिव सिता रानाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपा गुरुड. ले प्रस्तुत गरेको आर्थिक वर्ष २०७१।०७२ को आर्थिक प्रतिवेदन अनुमोदन गरेको छ ।
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले सेवक दैलेख ले सुशासन, शिक्षा, स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको प्रशंशा गर्दै नीति नियमअनुसार चल्ने गैरसरकारी संस्थाहरुलाई सदैव सहयोग हुने जानकारी गराउनु भएको थियो ।
त्यस्तै विशेष अतिथि एवं निमित्त स्थानीय विकास अधिकारी वावुराम नेपालीले स्थानीय निकायबाट सम्पादन भएका कार्यमा सेवक दैलेखको अतुलनीय सहयोग भएको प्रति प्रशंशा गर्दै जिल्ला विकास समितिको तर्फबाट हुने आवश्यक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उद्घााटन शत्रमा साधारण सदस्य, कर्मचारी, विषयगत कार्यालय का प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतका १०७ जनाको सहभागिता रहेको अधिवेशनमा नेपाली कांग्रेस, ने.क.पा एमाले लगायतका राजनीतिक दलहरुले शुभकामना दिदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका थिय ।
अधिवेशनको बन्द सत्रले संस्थाको विधान अनुसार आगामी ३ वर्षको कार्यकालको लागि ५ महिला सहित ८ सदस्यिय समावेशी कार्यसमिति सदस्यहरुको निर्विरोध रुपमा चयन गरिएको र निर्वाचित कार्यसमितिको पहिलो बैठकले कार्यविभाजन गर्ने जाने सेवक दैलेखका निवर्तमान अध्यक्ष महारुप खत्रीले जानकारी दिनुभयो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*