दैलेखमा हात्तिपाईले रोगको औषधि सेवनमा उत्साहजनक सहभागीता

दैलेखखवर समाचारदाता
२८ चैत्र, दैलेख । जिल्लामा खुवाइएको हात्तीपाइले रोगको औषधि सेवनमा सेवाग्राहीको उत्सापूर्ण सहभागीता भएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जनाएको छ ।
हात्तीपाइलेको गत फागुन २९,३० र चैत्र १ गते खुवाइएको औषधि जिल्ला भर कुल जनसंख्या अनुसार ८०.९८ प्रतिसत र लक्ष्ति जनसंख्या अनुसार ८५.७१ प्रतिसतले खाएको हात्तीपाइले रोगका फेकल प्रसन कलमबहादुर थापाले जानकारी दिए । जिल्लामा १ लाख ३९ हजार ३ सय ९७ महिला, १ लाख २८ हजार ७ सय ३६ पुरुष गरि २ लाख ६८ हजार १सय ३३ले औषधि खानुपर्ने भए पनि १ लाख २३ हजार ५५ महिला र १ लाख ६ हजार ७ सय ६६ पुरुष गरि जम्मा १ लाख ९८ हजारले औषधिको बुथ मैगएर औषधि खाएका थिए भने २६ हजार ९ सय १४ जनालाई स्वास्थ्य कर्मील घरमै औषधि खुवाएका फोकल पर्सन थापाले जानकारी दिए ।
गत वर्षको भन्दा यस वर्ष औषधि खानेको संख्यामा कमि आएपनि अन्य जिल्लाका तुलनामा दैलेखमा औषधि सेवन गर्नेको संख्या उत्साहजनक भएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । यस वर्ष जिल्लामा औषधि सेवन गर्नेको संखयामा कमि आउनाको मुख्य कारण धेरै जसो पुरुष रोजगारीका लागि जिल्ला बाहिर र देश बाहिर हुनु भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाको दावि रहेको छ । यस अभियानमा जिल्लाका ६० हजार ३ सय ८३ घर परिवारलाई औषधि खुवाउन १ हजार ८ सय ९३ जना स्वास्थ्यकर्मी परिचालन गरिएको फोकल पसर्बन थापाले जानकारी दिए ।
दूई वर्ष मूनिका १० हजार ५ सय ८४ बच्चाह, ३ हजार ८ सय ९६ गर्भवती महिलाहरु र ६ हजार २ सय ७० सिकिस्त विरामीलाई औषधि नखुवायएको जनाइएको छ । औषधि सेवन गरे पछि पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने र पखाला लाग्ने जस्ता लक्षण २ सय ७४ जनामा देखिएको , टाउको दुख्ने, रिंगटा लाग्ने, लठ्ठ पर्ने जस्ता लक्षण ३६ जनामा देखिएको थियो भने ज्वरो आउने , चिलाउने लगाएतका लक्षण २५ जनामा देखिएको फोकल पर्सन थापाले बताए । यस्ता लक्षण देखिएका विरामीलाई सामान्य स्वास्थय सल्लाहमा ठिक भएको जनाइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*