खड्कबाडामा बाख्रा वितरण

दैलेखखवर समाचारदाता
६ वैशाख, दैलेख – जिल्ला पशु सेवा कार्यालय दैलेखले स्थानीय खड्कबाडा गाविसका २५ जना कृषक महिलालाई उन्नत जातका ५० बाख्रा वितरण गरेको छ । खड्कबाडा गाविस–५ चाल्स गाउँमा गठित नमूना मासुजन्य बाख्रा प्रजनन् कृषक समूह मार्फत जमुनापारी र बारबारी क्रस जातका बाख्रा वितरण गरिएको हो ।
IMG_1662
समूहले पेश गरेको साना अनुदान कार्यक्रम अन्तरगत गर्भवती महिला र हजार दिनका बालबालिकाको पोषण सुधार निम्ति बाख्रा पालन र नर्सरी व्यवस्थापनका लागि ३ लाख अनुदान र करिव ४९ हजार रुपैंयाँ समूहको श्रोत परिचालन गरी कार्यक्रम सञ्चालन गरिएको हो ।
बाख्रा वितरण कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख प्रचण्ड खड्काले विपन्न समुदायको जीवनस्तर उठाउन सरकारले लगानीको गरेको भन्दै श्रोतको उचित सदुपयोग र समुदायको अपनत्व जरुरी रहेको बताउनुभयो ।
समूहका अध्यक्ष कमला थापा खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका गंगाराम खत्री, नेकपा एमालेका तिलकराज शर्मा, पशु सेवा प्राविधिकहरु भीमबहादुर बिष्ट, पदमप्रसाद न्यौपाने, स्थानीय समाजसेबीहरु यमुना ढकाल, लक्ष्मी तिवारी, लोकबहादुर खत्री, सीताराम शर्मा, भुवन खत्री लगायतले उन्नत बाख्रा पालन प्रविधि र समुदायको लाभ विषयमा बोल्नुभएको थियो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*