दैलेख महोत्सवको चहलपहल वढ्यो

दैलेखखवर समाचारदाता
९ बैशाख, दैलेख । ‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख महोत्सवको चहलपहल वढेको छ ।
यहि वैशाख १७ देखि २६ सम्म संचालन हुन लागेको दैलेख महोत्सवको जिल्लामा चहल पहल वढेको हो । महोत्सवको प्रचार प्रशार देखि लिएर महोत्सव स्थल काडाँचौरमा स्टल र स्टेजको काम अन्तिम चरणमा पुगेको मञ्च तथा स्टल व्यवस्थापन समितिका संयोजक प्रकाश न्यौपानेले बताए । महोत्सव नजिकिँदै गर्दा जिल्लाको चहल पहल संगै तयारी अन्तिम चरणमा पुगेको संयोजक न्यौपानेले बताए । महोत्सव व्यवस्थापनमा आवश्यक पर्ने सबै संरचनाहरु निर्माण भएर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक दैलेख उद्योग वाणिज्य संघले जानकारी दिएको छ । दैलेखलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि वढाउन र दैलेखको पर्यटकिय क्षेत्रलाई प्रचार प्रसार गरी पर्यटन क्षेत्रमा दैलेखलाई चिनाउनको लागि महोत्सव गर्न लागिएको दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति प्रशाद शर्माले बताए ।
‘पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको वजारीकरणलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रशार गर्न महोत्सव गर्न लागिएको उनले बताए । सम्माननीय उपराष्ट्रपती नन्द किशोर पुन वाट दैलेख महोत्सव उद्घाटन गरिने अयोजकले जनाएको छ । आयोजक दैलेख उद्योग बाणिज्य संघ दैलेख र नेपाल उद्योग बाणिज्य महासंघ रहेका छन् भने सह–आयोजकहरु जिल्ला विकास समिति दैलेख, नारायण नगरपालिका दैलेख, दूल्लू नगरपालिका दैलेख, जिल्ला कृषि विकास कार्यालय दैलेख, घरेलु तथा साना उद्योग विकास समिति दैलेख र उच्च मूल्य कृषि वस्तु विकास आयोजना रहेका छन् । महोत्सवको मुख्य प्रायोजक प्रभु बैक रहेको छ । महोत्सवका सहयोगी संस्थाहरु. साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना,. निर्माण व्यवसायिक संघ दैलेख, कृषि उद्यम केन्द्र, गै.स.स. महासंघ जिल्ला शाखा दैलेख, दैलेखस्थित वित्तिय संघ संस्थाहरु, सहास नेपाल, एभरेष्ट क्लव दैलेख रीध्ँरक्ल्ख्रज्न्ए, सामाजिक सेवा केन्द्र दैलेख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेख र भूगोल इनर्जि डेभलोपमेन्ट कम्पनी इनर्जि प्रा.लि.(द्धारी हाईड्रोपावर) काठमाडौं रहेको महोत्सव प्रचार प्रशार समितिका संयोजक कविराज खत्रीले जानकारी दिएका छन् ।
साथै दैलेख महोत्सव २०७३ मा सहभागि हुने कलाकारहरु बद्री पंगेनी, पशुपती शर्मा, तिलक बम मल्ल, मन्जु पौडेल, ज्योती मगर, पूर्णकला वि.सी., प्रकाश कटुवाल, कमल गाउंले, नारद खतिवडा, टिका पुन, नन्दा बस्याल, भद्रगोल टिम, स्मृती शाही, दिपासा वि.सी., राजु के.सी., धनराज चुनारा, धिरेन्द्र शाही, राजु सोनाम, वेदन थापा, शिव संगित, सुनिल रेग्मी, निरुता शाही, कृष्ण समिप सुवेदी, सपना शाही, रेश्मा पुन, गोपाल नेपाल जिएम, रविन्द्र सुवेदी, भावना आचार्य, गिता सेन्चुरी, उमा शंकर जोशी, पुजा गुरुङ, रुविना अधिकारी, रञ्जित परियार, वन्दना पाण्डे र टिका जैसी रहेका छन् । महोत्सवमा करिव ७० लाख खर्च र आम्दानी करिव १ करोड ६ लाख हुने आयोजकले जनाएको छ । जिल्लाका एफएम रेडियो र छापा पत्रिका मार्फत महोत्सवको पचार प्रासार व्यपक रुपमा भैरहेको छ । महोत्सवका मुख्य आर्कषकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामाग्रीहरुको खरिद विक्रि तथा अवलोकन, स्थानीय समाजिक संस्कारमा आधारीत विभिन्न झाँकीहरु प्रदशन र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु हुन । महोत्सवका उद्घाट वैशाख १७ गते नाराण क्याम्पसमा हुने छ भने संचालन कांडाचौरमा हुने छ

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*