स्वास्थ्य शिविरमा ४सय ८७ को उपचार

दैलेखखवर समाचारदाता
९बैशाख,दैलेख । गैर आबासीय नेपाली संघ (एन.आर.एन)द्धारा सञ्चालित शिविरमा ४ सय ८७ जनाको निशुल्क उपचार गरिएको छ ।
जिल्ला अस्पताल दैलेखमा चार दिन सम्म चलेको निशुल्क पाठेघर खस्ने समस्या भएका २६ गम्भिर र ४ सय ६१ सामान्य बिरामिको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निर्मल रसाइलीले जानकारी दिए । डा. रसाईलीका अनुसार २६ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेसन गरिएको छ । एनआरएन अन्तराष्ट्रिय समितिको आर्थिक सहयोग र ग्रिन सिटी अस्पताल काठमाण्डौको प्राविधिक सहयोगमा शिविर संचालन गरिएको थियो ।
शिविरको स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले शनिबार उदेघाटन् गरेकी हुन् । एनआरएन अन्तरराष्ट्रिय समितिका सदस्य दानबहादुर शाहीको बिषेश पहलमा शिबिर दैलेखमा संचालन गरिएको एनआरएन अन्तराष्ट्रिय समितिका सदस्य अष्टे«लियाकी भुमादेवी लिम्बुले जानकारी दिईन । उद्घाटन समारोहमा बोल्दै राज्य मन्त्री कुन्ती शाहीले दैलेखका दुरदराजका गरिब जनता जो पाठेघर खस्ने रोगले ग्रसित छन्ु , जस् संग अप्रेशन गर्ने रकमको चरम अभाव छ , त्यस्ता बिरामिहरुका लागि आफुले बिषेश पहल गर्दै दैलेखमा शिविर संचान गरेको वताईन् । एनआरएन अन्तराष्ट्रिय समितिका शिविर संचालन कोषकी संयोजक भुमा लिम्बु , कोषका उपसभापति श्याम तामाङ्ग,लगायतका सदस्यहरुको सहभागिता रहेको थियो । एनआरएन सिंगापूरका पूर्व उपाध्यक्ष तथा अन्तरराष्ट्रिय समिति सदस्य तथा दैलेख विन्ध्यावासिनि माखुका दानबहादुर शाहीले शिबिर संचालनका लागि टिममा आएका डाक्टर, नर्स , एनआरएनका सहभागिहरुगरि उन्नाइस जनाको टोलिलाई होटेलमा खान र बस्नका लागि लाग्ने खर्च ब्यहोर्ने र सिविर संचालन्मा नगद ५० हजार सहयोग गरेका छन् ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*