दैलेखको पहिचानका लागि महोत्सब प्रभावकारी बनाऔ. शर्मा

समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख महोत्सव २०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । यहि वैशाख १७ देखि २६ सम्म संचालन हुन लागेको दैलेख महोत्सवको प्रचार प्रशार देखि लिएर अन्य व्यवस्थापकिय कार्यहरु धमाधम भईरहेको छ । दैलेखलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि वढाउन र दैलेखको पर्यटकिय क्षेत्रलाई प्रचार प्रसार गरी पर्यटन क्षेत्रमा दैलेखलाई चिनाउनको लागि महोत्सव सुरु हुन लागेको हो । पर्यटन प्रर्वद्धन र स्थानीय उत्पादनको वजारीकरणलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रशार गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको छ । यसै विषयमा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्तिप्रसाद शर्मासंग दैलेखखवरका महेन्द्र सापकोटाले गरेको कुराकानी सार संक्षेपमा ।

दैलेख महोत्सव–२०७३ को तयारी कस्तो भइरहेको छ ? santi2

पदिय जिम्मेवारी आधारमा जानकारी दिनु पर्दा दैलेखमा निजी क्षेत्रले पहिलो पटक दैलेख महोत्सव २०७३ आयोजना गर्दैछ । म दैलेख उद्योग वाणिज्य संघ दैलेख र दैलेख महोत्सव २०७३ को मूल समारोह समितिको संयोजकको नाताले अहिले उक्त महोत्सव सफल र प्रभावकारी बनाउन निरन्तर लागिरहेको छु ।

दैलेख महोत्सव गर्नुको उद्देश्य के हो ?

. हरेक महोत्सवको मुल उद्धेश्य भनेको त्यो क्षेत्रको परिचय क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय जगत सम्म दिनु हो । स्थानिय उत्पादनको प्रर्वद्धन गर्नु हो । यहि जगको आधारमा टेकेर दैलेख उद्योग वाणिज्य संघ, दैलेखले पंचवर्षिय रणनितिक योजना तय गरेको छ । समुन्नत, आत्मनिर्भ र अन्तराष्ट्रिय पर्यटनको मुख्य गन्तव्य स्थान आदि बनाउनका लागी “सम्वृद्ध दैलेखका मुल आधार उद्यम, कृषि, पर्यटन र व्यापार” दिर्घ कालीन नारा सफल बनाउन यो महोत्सव आयोजना गरिएको हो । यसको मुल उद्धेश्य दैलेख सदरमुकाममा कृषि उपज संकलन केन्द्र स्थापना गरी दैलेखका कृषक उद्यमीले उत्पादन गरेका कृषि उपज अन्तराष्ट्रिय स्तर सम्म निर्यात गर्नका लागी, दैलेख जिल्ला पर्यटकीय क्षेत्रका हिसावले धनी जिल्ला हो । त्यसैले अन्तराष्ट्रिय पर्यटन गन्तव्य स्थान दैलेख बनाउन, सदरमुकाममा सिसि क्यामेरा जडान गर्न, संघको भवन निर्माण गर्न, शव वाहन खरिद गर्न, कृषक, उद्यमी र व्यापारीहरुको व्यापार व्यावसाय प्रवद्र्धन गर्नका लागी महोत्सव हुन लागेको हो । यो दैलेख महोत्सव मात्र नभई मध्य पश्चिम क्षेत्रिय औधोगिक, पर्यटन, कृषि तथा व्यापार मेला पनि हो ।

तयारी कस्तो भईरहेको छ ?

. तयारी तिव्र गतिमा अघि बढि रहेको छ । प्रस्तावना लेखन र पेश १०१ सदस्य मुल समारोह समिति गठन, स्ट्रेरिंङ समिती , सचिवालय समिती, उपसमितीहरु गठन भै सकेको छन । टेन्टसिट,लिखित सम्झौता, बाल उद्यमीवाला सित सम्झौता भै सकेको छ , भने कार्यालयले महोत्सव संचालन गर्नका लागी गर्नु पर्ने पुर्व कार्यहरु भै रहेको छ । प्रमुख अतिथिका रुपमा सम्माननीय उपराष्ट्रपती आउँदैहुनुहुन्छ भने राष्ट्रिय तथा क्षेत्रीय स्तरका नाम चलेका कलाकारहरु पनि आउने निश्चित भएको छ । यी लगायत करिब ८० प्रतिसत काम पुरा भईसकेको छ ।

विगतका महोत्सवहरु त्यती राम्ररी सम्पन्न नभएको जनगुनासो छ नी ?

.यसको बारेमा यती मात्रै भनौ, यस भन्दा अघि भएका महोत्सवहरु निकै राम्रो सित सम्पन्न भएको मेरो ठहर छ । किन भने २०६६ साल भन्दा अघि दैलेखलाई दोलखा भनेर चिनिन्थ्यो । पंचकोशी तिर्थ स्थलको प्रचारण थिएन । कम से कम यसको परिचय बाहिर गएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्थरमा दैलेखको महत्व जान्ने र बुझ्ने काम यिनै महोत्सवले गर्दा हो । आर्थिक केही हदसम्म घाटामा गएको थियो । यो प्राविधिका कुरा मात्र थियो ।

यो महोत्सव रंगीचंगी गराएर औपचारिकता पुरागर्नका लागि मात्रै हो कि ?

बिल्कुलै त्यसो होइन, दैलेखका किसान उद्यमीहरुलाई निरन्तर सहयोग र प्रवद्र्धन गर्नका लागी हामीले ठोस कदम चालेका छौ । परनिर्भरतालाई हटाई आत्म निर्भर जिल्ला बनाउन कृषिमा व्यावसायीकता र व्यापारमा उद्यम स्थापना गर्नका लागी हामीले पंचवर्षिय रणनिती योजना बनाएका छौ । जसको नारा मैले माथी नै उल्लेख गरीसकेको छु । यसका साथै ११ वटा कृषि समिति गठन गरी कृषक उद्यमीलाई निरन्तर सहयोग गरीरहेका छौ, भने एक जिल्ला एक उत्पादन, एक गांउ एक उत्पादन कार्य पनि शुद्ध भएको छ ।

विगतका भन्दा यस पटकको महोत्सवलाई कसरी प्रभावकारी बनाउने योजना बनाउनु भएको छ ?
६. महोत्सवलाई आर्कषण र प्रभावकारी, जन भावना अनुरुप बनाउन अधिकतम प्रयासमा छौ, जसका लागी उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी र सुपथ मुल्यमा खरिद बिक्री तथा पुरस्कार, कृषकहरुले उत्पादन गरेका बस्तुहरुको प्रर्दशनी पुरस्कार, मासु महोत्सव, पंचकोशी तिथी स्थल भ्रमण, हेलिकप्टरबाट रारा भ्रमण, प्यारा ग्लाइडिङ, उडान, रमाइलो मेला आदि रहेका छन् ।भने दैलेखका पुराना र लोपउन्मूख दर्जनौं कला सस्कृतिको झाँकी र महोत्सव अवधीभर प्रदर्शन गरिने छ । . महोत्सव हरेक विकासको जग र मूल आधार हो । मानिसले संसारलाई मुटठीमा लिएको यो युगमा पहिलो कुरा जिल्लाको सम्पदा, वस्तु, रीतिरिवाज, साँस्कृतिक आदिको प्रचार भयो भने अनि विकासको ढोका खुल्ने हो । तसर्थ महोत्सव सबै थोक होइन । हामीले महोत्सवलाई साधन मानेका छौ । साध्य होइन । तर जिल्लालाई चिनाउने र आत्मवल बढाउने तथा सकारात्मक सोच र ब्यवशाियक सोचमा बदल्न महोत्सवको ठूलो भूमीका हुने गर्दछ ।

महोत्सव पछिका योजनाहरु के बनाउनु भएको छ ?
वास्तमा यो निकै महत्वपूर्ण विषयको उठान गर्नुभयो । दैलेख जिल्ला ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्वीक, प्राकृतिक दृष्टिकोणले नेपालकै तेस्रो धनी जिल्ला हो । नेपाली भाषाको पहिलो शिला लेख, निरन्तर पानीमा आगो बल्ने ज्वाला यस जिल्लामा छ । २८ भन्दा बढि जातजातीको उद्गम स्थल पनि हो दैलेख । यसको संरक्षण र प्रवद्र्धन गर्नका लागि वित्तचित्र निर्माण गरी प्रचार गर्ने , फोटो प्रदर्शनी गर्ने, पंचकोषी एकीकृत विकास कोष खोल्न नेपाल सरकारसित अनुरोध गर्ने, होम स्टे संचालन गर्ने, साँस्कृतिक महोत्सवहरु आयोजना गर्ने, संग्राहलय स्थापना गर्ने आदि जस्ता अल्पकालीन,मध्यकाली र दीर्घकालीन योजना रहेकाछन ।

महोत्सवले दैलेखलाई के सन्देश दिने अपेक्षा राख्नुभएको छ ?

यसको अलवा दैलेखलाई विद्युत हवको जिल्ला बनाउने, अन्तराष्ट्रिय स्तरको पर्यटन गन्तब्ययुक्त जिल्ला बनाउने, मध्यपहाडि र कर्णाली राजमार्ग यसै जिल्लाबाट गएका कारण र राकममा मेगासिटी बन्ने भएका कारण प्रादेशिक ब्यापारि केन्द्र बनाउने र जिल्लामा दुईवटा औद्योगिक ग्राम, एउटा औद्योगिक क्षेत्र स्थपना गर्ने मूख्य योजना रहेकाछन ।
महोत्सव अवधिभर कतिको कारोवारो हुने अनुमान गर्नु भएको छ ? विशषेगरी स्थानीय स्तरको कारोवारलाई कसरी प्राथमिकरण गरिएको छ ?
हामीले महोत्सव अवधिभर करिब ५ करोडभन्दा माथिको कारोवारो हुने आँकलन गरेका छौ । दैलेख जिल्लाका उत्पादित वस्तुहरुको मात्र करिब २ करोड बराबरको कारोबारो हुने अनुमान गरिएको छ । दैलेखका लघु, घरेलु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु जस्तै बेलजुस, अगरवत्ती, ममवत्ती, हातेकागज, दाममोठ, ढाका,अल्लोका कपडाहरु, बाँसमुढा, खुकुरी खँुडा, सावरका जुत्ता आदि रहनेछन । भने दैलेखका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रदर्शनीका साथै सुलभ दरमा खरिद विक्री गर्ने योजना हामीहरुले बनाएका छौं । यसका साथै मध्यपश्चिमका सबै जिल्लाका उद्यमीहरुले यो महोत्सवमा आ–आफ्ना उत्पादनहरु स्टलमा राख्नुहुनेछ । यस हिसावले यो महोत्सवमा स्थानीय स्तरमा उत्पादित वस्तुहरु नै महोत्सवका मूख्य आकर्षण हामीहरुले बनाउँदैछौ ।

अन्तमा के भन्नु हुन्छ ?

सर्व प्रथम त तपाँईहरुको अनलाईन पत्रिका मार्फत दैलेख महोत्सव २०७३ को तयारी सम्बन्धी अन्तर्रवार्ता लिई महत्वपूर्ण भनाई राख्ने अवसर दिनुभयो यसका लागि धन्यवाद । दैलेख महोत्सव साँच्चिकै इतिहासको कालखण्डमा निकै उपलब्धिपूर्ण, आकर्षण र जनभावना अनुरुप बनाउन लागेका छौं । यो महोत्सव सफल पार्न मध्यपश्चिम वासीहरुलाई अवलोकन गर्न चुले निम्तो दिन चाहान्छु । यसका साथै नीजि क्षेत्रका म सम्पूर्ण मित्रहरुलाई आवश्यक सहयोगका साथै अवलोकन गर्न आमन्त्रण गर्दछु । सबै तह र तप्काबाट रचनात्मक सुझाव र सहयोगको अपेक्षा गर्दछु । साथै मेरा भनाईहरु हाम्रो दैलेखखवर डटकम मार्फत भनई राख्ने अवसर पाए यसको लागि यस अनलाईन टिमलाई धन्यवाद व्यक्त गर्दछ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*