मानव अधिकार पैरवी संजाल गठन

दैलेखखवर समाचारदाता
१५ बैशाख, दैलेख । मानव अधिकार न्यायका लागि जिल्ला स्तरिय मानव अधिकार पैरवी जिल्ला संजाल गठन भएको छ ।
राष्टिय दलित कल्याण समाज नेपालको आयोजनामा भएको जिल्लाका मानव अधिकार कर्मी र अन्य अधिकारका क्षेत्रमा काम गर्ने सामाजिक अधिकारकर्मीहरुको भेलाका सहभागीहरु वाट खड्गबहादुर सिजापतीको संयोजकमा १५ सदस्यीय मानवअधिकार जिल्ला पैरवी संजाल गठन भएको हो । संजालमा दिलकुमारी चन्द, रत्न शाही, हिरासिंह थापा, मातृका प्रशाद खनाल, नमनकुमार शाही, महारुप खत्री, पदम सुनार, जिज्ञाशा दाहाल, पशुपति सुनार, पृथ बयलकोटी, जिल्ला बार इकाई, महिला तथा बालबालिका कार्यालय बाल अधिकृत सदस्य रुपमा चयन भएका छन् भने एनएनडिएसडव्ल्यूका अध्यक्ष रेशम विश्वकर्मा संजाल सदस्य सचिवका रुपमा चयन भए । मानवअधिकार पैरवी संजालले जिल्लाका मानव अधिकार सम्वन्धी हनन्का घटनाहरुमा पैरवी गरी पिडीतलाई न्याए दिने काममा निरन्तर सहयोग गर्ने अध्यक्ष सिजापतिले बताए ।

Categories: समाज

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*