मुहान सुक्दा खानेपानीको समस्या

महेन्द्र सापकोटा
१५ वैशाख, दैलेख–पछिल्लो समय जलवायु परिवर्तनका कारण जिल्लामा रहेका खानेपानीका मुहान सुक्न थालेका छन् । जिल्लाका विभिन्न गाविसमा रहेका खानेपानीका मुहान सुक्न थालेपछि खानेपानीका हाहाकार मच्चिन थालेको हो ।
चामुण्डा गाविस वडा नं. १ को चापागाउँ दलित वस्तीमा रहेको खानेपानीको मुहान सुकेपछि त्यहाँको वस्तीमा खानेपानीको समस्या हुँदै आएको छ । उक्त वस्तीले लामो समयदेखि प्रयोग गर्दै आएको खानेपानीको मुहान सुकेपछि विकल्पको रुपमा आवश्यक सहयोग मागेको छ ।
जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखमा आवश्यक सहयोग मागेको वडा नागरिक मंञ्च चामुण्डा १ का कविराम थामीले वताए । खानेपानीको मुहान सुकेपछि घण्टौंसम्म धाएर पानी ल्याउन वाध्य भएको थामीको भनाई छ । ‘वृहत मजुवा खानेपानी योजनाले यस टोललाई नसमेट्दा झन् समस्या भएको छ’ उनले भने, ‘यस वडामा खानेपानीका लागि आवश्यक सहयोग धारा र केहि वडामा मुल सुधार गरिदिनका लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखमा अनुरोध समेत गरेका छौं ।’
भेलाले चामुण्डा गाविस वाड नं. १ को ओख्रेनी टोल लगाएत अन्य टोलका लागि नजिकका मुल सुधार गरिदिनका लागि जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखमा आवश्यक सहयोगका लागि निवेदन समेत दिएको छ ।
साथै दैलेख सदरमुकाम वासीले प्रयोग गर्दै आइरहेको साहारे खानेपानीको मुहान पनि विस्तारै कम हुदै गएको खानेपानी सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष भरत थापाले बताए । जिल्लामा वढ्दो शहरीकरणसंगै पानीको मुहान सुक्दै जाँदा सदरमुकामवासीमा पनि खानेपानीको समस्या हुन थालेको उनले बताए । उता दैलेख जिल्लाको उत्तपूर्वि क्षेत्र द्धारी गाविस वडा नं ५ सानो चम्लायमा खानेपानीको हाहाकार मच्चीएको छ । त्यस वढडमा आगलागी भएपछि खानेपानीको पाइप जलेर नष्ट भएकाले उक्त वस्तीमा खानेपानीको हाकार भएको हो ।
२०५६ सालमा गाउँ विकास समितीको आर्थिक सहयोगमा निर्माण भएको खाने पानी आयोजनाको पाईप जलेर पूर्ण रुपमा नष्ट भएकोे छ । सवै भन्दा वढि दलित समुदायका व्यक्तिहरुको वसोवास रहेको समुदायमा खानेपानीको समस्या हुदै आएको वडा नागरिक मञ्चका संयोजक कविराम विकले वताए । यस वडामा रहेको खानेपानीको समस्या हेरि सम्वन्धीत निकायकायले सहयोग गरि दिन मच्चका संयोजक विकले अनुरोध समेत गरेका छन् । त्यस वडामा २ वटा पानीका मुहान रहेको भएपनि नौमूल खोला खानेपानाी योजनावाट गाउँको प्राय वस्तीलाई समेटेको भएपनि आगलागीवाट पाइप जलेर नष्ट भएको उनले बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*