रेविजरोग नियन्त्रण शिविर सम्पन्न

दैलेखखवर समाचारदाता
१५ वैशाख, दैलेख । जिल्ला पशुसेवा कार्यालय दैलेखको आयोजनामा एक दिने रेबिज रोग नियन्त्रण शिबिर दुल्लु पशु सेवा केन्द्रमा सम्पन्न भएको छ । सबै एक जुट होऔँ , रेबिजको अन्त्य गरौं भन्ने नाराका साथ संचालन भएको शिबिरमा ४६ वटा घरपालुवा कुकुरहरुलाई रेबिजको विरुद्धको खोप लगाईएको जिल्ला पशु सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर अमृत मास्केले जानकारी दिए ।
एक दिने शिविर उद्घाटन् गर्दै कार्यालय प्रमुख मास्केले मानव स्वास्थ्य सुधारकालागि पशु स्वास्थ्यको ख्याल गर्दै पशु स्वस्थ हुनुपर्ने, दैलेखमा कुकुरहरु बौलाउन थाले पछि रेविज रोग नियन्त्रण गर्न र बौलाह कुकुरको टोकाई बाट मानविय क्षेति रोक्न कालागि यो शिबिर संचालन गरियको वताए । कार्यालय प्रमुख मास्केले रेविज रोग लागि सक्यो भने रोग सञ्चो नहुने भएकाले पूर्व सावधानि अपनउनु पर्ने भएकाले सबै कुकुर द्धनिहरु लार्य सावधानि अपनाउन अनुरोध समेत गरेका थिए ।
उक्त शिबिरमा कुकुर बाहेक बाख्रा , गोरु र भैसिको पनि परिक्षण र उपचार गरियको थियो । जिल्ला पशु सेवा कार्यालय ले यस भन्दा अघि कुसापानी गाउविकास समितिमा पनि एकदिने शिबिर संचालन् गरेको थियो । कुसापानिको रेबिज विरुद्धको खोप लगाउने शिबिरमा तीन सय बढी कुकुरहरुलाई खोप लगाईएको दूल्लु पशुसेवा केन्द्रका प्रमुख दिपक कुमार भण्डारीले जानकारी दिए । दूल्लु क्षेत्रमा बौहुलाउन थालेका अधिकाँस कुकुरहरु मारिएकाले खोपका लागि थोरै कुकुरहरु शिबिरमा ल्याईयको स्थानिय वासिन्दाले वताएका छन ्

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*