अवको पालो आर्थिक क्रान्ति ः उपराष्ट्रपति

महेन्द्र सापकोटा
१७ वैशाख, दैलेख – उपराष्ट्रपति नन्द किशोर पुनले देशको आर्थीक सम्वृद्धिका लागि अवको पालो आर्थिक क्रान्ति भएकोे बताएका छन् ।
‘समृद्ध दैलेखको मुल आधार, उद्यम कृषि, पर्यटन र व्यापर’ भन्ने मुल नाराका साथ संचालन हुन लागेको दैलेख महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशमा ठुला उद्योग धन्दाहरु संचालन गरी आर्थिक क्रान्ति आवश्यक भएको वताएका हुन् । उपराष्ट्रपति पुनले नेपालमा ठूला उद्योगहरुको प्रचुर सम्भावना भएकाले यस्ता उद्योग स्थापना गरी आर्थिक क्रान्तिको माध्यामवाट रोजगारीको अवसर सिर्जना गर्नु राज्यको दायित्व रहेकोे बताए । ‘देशलाई आर्थिक समृद्धिको पाटोमा अगाडि वढाउन राज्यले लगानीमैत्री वातावरण वनाउनु पर्छ’ उपराष्ट्रपति पुनले भने, ‘नेपालमै प्रशस्त मात्रामा विद्युत योजना र ठुला कलकारखाना उत्पादन हुने सम्भावना भएकाले यसमा राज्यको ध्यान जान जरुरी छ ।’ समृद्धि र आर्थिक क्रान्तिका लागि वृहत राष्ट्रिय एकता आजको आवश्यकता भएकाले सम्पूर्ण नेपालीहरु एकजुट भएर लाग्नु पर्ने दैलेख महोत्सवको प्रमुख अतिथि समेत रहेका उपराष्ट्रिपति पुनले आग्रह गरेका छन् ।
‘आर्थिक क्रान्तिका लागि राष्ट्रिय एकता अनिवार्य शर्त हो’ उपराष्ट्रिपति पुनले थपे, ‘पेट्रोलिम खानी जस्ता धेरै आर्थिक सम्भावन दैलेख भएकाले मुलुककै आर्थिक समृद्धिको जिल्ला दैलेख हो ।’ ‘पेट्रोल खानीको उत्खनन्मा हामि किन नलाग्ने ? यसको उत्खनन्मा ढिला भएको छ’ उनले भने, ‘यसमा छिटो भन्दा छिटो राज्यको ध्यानाकर्षण होस् ’ उपराष्टपती पुनले आग्रह गरे । महोत्सव उद्घाटन समारोहलाई सम्वोधन गर्दै स्थानीय विकास राज्य मन्त्री कुन्ती शाहीले दुर्गम जिल्लाहरुमा पहूँच नभएको भन्दै राज्यले विनियोजन गर्ने विकास योजना समान ढंगवाट पु¥याउने आश्वासन दिएकी छन् । मन्त्री शाहीले दैलेख कला संस्कृती, खनीज, र जलश्रोतको धनि भएकाले, सबै श्रोत साधानको प्रयोग भए राष्ट्रकै विकास निर्माणमा दैलेखले टेवा पु¥याउने दावि गरेकी थिइन् । सांसद अमरबहादुर थापाले सम्पदाको दृष्टिकोणले काठमाण्डौ र लुम्बिनी पछिको तेस्रो धनी जिल्ला दैलेखलाई अन्तराष्ट्रिय जगतमा चिनाउन, स्वरोजगार, आत्मनिर्भर, समुन्नत जिल्ला बनाउन प्रयास गर्ने उद्देश्यका साथ नीजि क्षेत्रको पहलमा दैलेख महोत्सव शुरु भएकोमा खुशि ब्यक्त गर्दै आफ्नो तहबाट सक्दो सहयोग गर्नेे बताए ।
ग्यास पेट्रोल र अपरकर्णली जस्ता महत्वपूर्ण आर्थिक समृद्धिका स्रोत दैलेख जिल्लामा पर्ने भएकाले देशको आर्थिक पाटोमा दैलेखको पनि टेवा पुग्ने नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्डीराज ढकालले बताए । दैलेखका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु अन्तराष्ट्रिय बजारसम्म पु¥याउनका लागि दैलेख सदरमुकाममा कृषि उपज संकलन केन्द्र स्थापना गर्नु यस महोत्सवको उपलब्धी हुने आयोज उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्तिप्रसाद शर्माले बताए । दैलेखका सांसद लक्ष्मी पोखे्रल, ललीता रेग्मीले महोत्सवको सफलताको शुभ कामना ब्यक्त गरेका थिए । महोत्सवमा स्थनीय कला र संस्कृतिहरुको झाकि प्रर्दशन गदै सदरमुकाम दैलेखबजार परिक्रमा गरेका थिए । दश दिन सम्म चल्ने महोत्सवमा करिव ७० लाख खर्च र आम्दानी करिव १ करोड ६ लाख हुने आयोजकले जनाएको छ । महोत्सवका मुख्य आर्कषकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामाग्रीहरुको खरिद विक्रि तथा अवलोकन, स्थानीय समाजिक संस्कारमा आधारीत विभिन्न झाँकीहरु प्रदशन र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु हुन

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*