रामचन्द्रले तताए काँडाचौर

दैलेखखवर समाचारदाता
१८ बैशाख,दैलेख । डोली चडाई लैजान्याहो सुवा, तलाई मेरा घर भन्ने गीत गायक रामचन्द्र काप्लेले गाउँदा दर्शकहरुको तालीमात्र पाएनन् काडाँचौर नै तताए ।
चर्चीत यूवा गायक काप्लेलेलाई कार्यक्रमका सञ्चालक कमल गाउलेले स्टेजमा बोलाउदा दर्शकहरु उत्साहित मात्र भएनन् तालिलीको गडगडाहटले स्वागत गर्दै गीत सुन्नन आतुर भएको संकेत गरेका थिए । दर्शकको कौतुहलतालाई मेटन गायक काफ्लेले कुनै कसर नराखि विर गोरखाली, म त कालिपारे, भुईचम्पा, उहि मुलाको चाना उहि मुलाको सिन्की लगाएतका गीतहरु गाएर दर्शकलाई लठ्ठै परेका थिए । काफ्लेका गीतहरुमा प्रमुल जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी नायव उपरिक्षक विरबहादुर वली, उद्योगबाणीज्य संघका अध्यक्ष शान्ति शर्मा लगाएतले नाचेर साथ दिएका थिए । महोत्सबकाके दोस्रो दिन सदरमुकाम स्थित काडाँचौरको गर्मीको कुनै प्रवाह नै नगरी गायक काफ्लेको गीतमा वान्स मोर भन्दै दर्शकहरुले गाएकलाई हौसला समेत प्रदान गरेका थिए ।
शनिवारको कार्यक्रममा गायक काफ्लेका साथै गायीका सपना शाही, तिलक बम मल्ल, प्रेम विवस घर्ती प्रमुख आर्कषकका रुपमा रहे । गायीका शाहीले हेराई ज्यानमारा गित स्टेजबाट गाउँदा दर्शक दिर्गामा रहेका दर्शकहरु उत्साहित हुदै नाच्न पुगेका थिए भने चर्तित गायक तिलक बम मल्लले मुटु छुने लुम्लेको हावाले, ट्याक्सी गुड्यो सरर लगाएतका गित गाएर सबै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । त्यस्तै गाएक घर्ती स्टेजमा आएर फोन गर है भन्ने बोलको गीत गाउँदा सभासद अमरबहादुर थापा उठेर नाच्दै गायक र दर्शक दुवैलाई हौसला प्रदान गरेका थिए ।
महोत्सबको अवलोकन गर्न पुगेका दर्शकलाई स्थानिय कलाकारहरुले पनि अकर्षीत गरेका थिए । स्थानिय स्टार डान्स क्लबकी सञ्चालक भावना क.सीको तृत्य, स्थानिय हुडके नाच र भैरीकालीकाथुम गाबिसका महिलाहरुले गाएको स्थानिय डेउडा गित पनि आजका अर्कषकका रुपमा रहे ।
4

5

1

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*