मलेशिया मा नेपाली श्रमिक र भोगाइ

निगम शाही
२ बर्ष मलेसिया बसाई आजदेखी अनुभव मै सिमित रहने भो। वैदेशिक रोजगारीमा जाने देशहरूमध्य मलेशिया सबैभन्दा असुरक्षित देश भएको त सबैलाई जगजाहेर नै छ । श्रम भिसामा यहाँ आएर यहाँ का पीडित श्रमिकहरुको हकहितको लागि मैले प्रबासी नेपाली मन्च मलेसियाको सचिवालय सदस्य मा रहेर जति गर्नुपर्ने थियो त्यो अपुरो छ भन्ने लागेको छ । यो मुलुकमा नेपाली श्रमिकहरु पीडितहुनु रोजगारदाता कम्पनी र यहाँको कम्जोर सुरक्षा ब्यबस्थापन मात्र जिम्मेवार छैन यहाँ इस्थित केही इस्थापित भैसकेका र जिम्मेवार नेपाली बाट नै धेरैजसो नेपालीहरु पीडित
हुनुपर्ने आबस्था छ।
नेपाली बाट नेपाली पीडित कसरी अन्य मुलुक जस्तै यो देश मा पनि नेपाली श्रमिक हकहितको लागि काम गर्ने निकाय छन्, नेपाली दूतावास ,विभिन्न पार्टी का प्रबास संघसंगठन,जि फन्ड लगायत विभिन्न नेपाली सञ्चारकर्मी हरु तर बिडबना यहीँ स्थित श्रमिकहरुको हकहितको लागि यी निकायले एक आपसमा परिणाम मुखी सहकार्य गरेको देखिदैन । सहकार्य गर्नु को साटो एक ले अर्को को कमजोरी खुलेरै भन्ने गरेको देखिन्छ । दूतावास को कर्मचारीले भन्छन् जि फन्ड को सदस्यको फेरि कम्पेलेन सुन्नु नपरोस् जि फन्ड को सदस्य ले भन्छन् हाम्ले पनि मुख खोल्नु नपरोस् यता विभिन्न पार्टी का प्रबास संघसंगठनको पनि हलत तेस्तैछ। उनिहरु केबल केन्द्र पार्टीसंग ब्यक्तिगत सम्बन्ध सुमधुर राखिराख्न निश्चित ब्याक्तीले चलाएको जस्तै देखिन्छन् र श्रमिकहरुको हकहित का कुरा भन्दा पनि आफ्नै
पार्टीका गुणगान गायर बसेको देखिन्छ ।
उनीहरु श्रमिक को पक्षम इस्पस्ट हुनु को साटो ढाकछोप तिरै तल्लीन रहेको देखिन्छ । यहाँ अर्को जिम्मेवार पक्ष सञ्चारमाध्यम पनि श्रमिक का पक्षमा काम गर्न सक्छन् र केहीले गरेका पनि होलान् तर यहाँका सन्चारकर्मिहरुल
ाई पनि अछुत मान्ने आधार छैन किनकि एउटा पत्रकार ले अर्को पत्रकार को समाचार लुकाएबापत र समाचार लेखेबापत लिने कमिसनको बारेमा खुलेरै भन्छन् । त्यसैले सरोकार वाला हरुका यस्ता आरोप प्रतिआरोपमा कत्तिको सत्त्यता छ त्यो त यसै भन्न नसकिएला तर यस्तो खालको अवस्थाले निहात्था श्रमिकहरु मा प्रत्यक्ष असर पर्ने सहजै अनुमन गर्न सकिन्छ । श्रमिक ठगीने अर्को पाटो देखिन्छ विभिन्न म्यानपावर एजेन्ड यहाँ यति धेरै एजेन्ड छन जुन एउटा मुख्य एजेन्ड ले आफ्नो मातहतमा घ,द्ध सम्म एजेन्ड राखेको पनि देखिन्छ यी एजेन्ड हरुले यहाँ का रोजगारदाता कम्पनीका मान्छे संग निश्चित कमिसन दिने सर्तमा कामदार दिने एगृमेन्टगर्छन् यस्तो कार्य ले आउने कामदारले यहाँका मिख्य एजेन्ड एजेन्ड का पनि एजेन्ड रोजगारदाता लाई कमिसन लगयत नेपालका म्यनपावर कम्पनीलाई बेनिफिट र स्व म्यनपावर का एजेन्ड लाई कमिसन दिनुपर्ने हुदा धेरै मर्का परेको देखिन्छ । यहाँका एजेन्ड यति पावरफुल छन् कि नेपालका मन्त्रीहरूसंग यहाँका रोजगारदाता कम्पनीका म्यानेजरलाई सहजै भेट् गराइदिन सक्छन् ।
यहाँ नेपाली श्रमिक ठगिने अर्को माध्यम भनेको बिचौलिया दलाल को बिग्बिगी पनि प्रमुख कारक कै रूपमा देखिएको छ।दूतावास को वरिपरि बसेर होस् वा दूतावास का कर्मचारी संग मिलेर होस कसैलाई नेपाल पठाइदिने कसैलाई विभिन्न फाराम भरे बापत होस यसरी सोझा साझ श्रमिकबाट ब्राह्मलूट गरेको प्रत्यक्ष देख्नसकिन्छ । आहिले यतिसम्म दलाली गरेको पाइनथालेको छ कि इलिगल नेपाली हरुलाइ राम्रो काम छ भन्दै बोलाउने र काम जस्तो भएपनि कम्पनीको मान्छेसंग मिलेर जनही ४०० देखि ३०० सम्म कमिसन खानेगरेको पाइएको छ। रोजगारदाता कम्पनी बाट ठगि किन श्रमिकहरुमा सामान्य वैदेशिक रोजगारी सम्बन्धित नियम कानुन को जानकारी नहुनू र कम्पनी ले केही गल्ती गरे नियम कानुन सम्मत एकजुट भएर प्रस्तुत हुन नसक्नु मुख्य कारण रहेको देखिन्छ । यहाँ का केही कम्पनीहरू गुण्डा नाइकेहरुबाट संचालित रहेको र यस्ता कम्पनीले धेरै नेपालीलाई प्रत्यक्ष वा अप्रत्यक्ष ज्यन सम्म लिने घटना हुदापनी सरोकार वाला निकाय बाट हुनुपर्ने र गर्नुपर्ने चासो नदेखाइनु र पीडितलाई न्याय नमिल्नु ले असुरक्षा को कारण ले श्रमिकहरु नबोल्दा रोजगारदाता कम्पनीले एकपछि अर्को गर्दै श्रमिकका अधिकार कटौती गरेको देखिन्छ । रोजगारदाता कम्पनीलाई कामदार उपलब्ध गराइदिने नेपाली एजेन्ड वा म्यानपावर कम्पनी ले आफुले पठाएका काम्दार को समस्यालाई लिएर इस्पस्ट संग कुरा न उठाउनु ले पनि रोजगारदाताले पेल्नेगरेको देखिन्छ ।
कम्जोर सुरक्षा ब्यवस्था ले पनि श्रमिकलाई प्रत्यक्ष आसर गरेको पहिन्छ। रोजगारी मा जाने अन्य मुलुक को भन्दा यस् देश का नगरीक को आर्थिक स्थिती कम्जोर हुनुले पनि केही हदसम्म नेपाली श्रमिकलाई असर परेको देखिन्छ।

लेखक प्रर्वासी नेपाली मञ्चका सचिवालय सदस्य हून ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*