महोत्सबको तेस्रो दिन कसैले रुवाए,कसैले तताए काडाचौर

दैलेखवर समाचारदाता
१९ बैशाख, दैलेख । दैलेख महोत्सबको तेस्रो दिन स्टेजमा प्रस्तुती पस्कीन पुगेका कलाकारहरुले दर्शकलाई रुवाउने र तताउने गरे ।
लोकदोहोरी गायक बद्री पंगीनिले स्टेजमा पुगेर विदेशमा रहेका छोराको गित गाउँदा टन्टलापुर घाममा बसीरहेका दर्शकहरु एका एक भाबुक मात्र भएनन् आँखाबाट आँशु नै झार्न भ्याए । विदेशमा रहेका छोराहरुका आमाहरु त भक्कानी दै रुन भ्याएका थिए । डान्सर दिपाशा विसीको नित्यबाट यूवाहरु तातियका थिए । पंगीनिको गितबाट भावुक बनेका दर्शकहरु दिपासा स्टेजमा पुग्दा जोसीदै उफ्रिएका थिए । गल्यामर नित्यृ प्रस्तुत गरेकी विसी स्टेजबाट दर्शक नजिक पुग्दा प्रहरीलाई सुरक्षा दिन हम्मे हम्मे भएको थियो । यस्तै सदाबाहार आधुनिक तथा पप गायक तिलकबम मल्लले मुटु छायो लूम्लेको हावाले , ट्याक्सि गुड्यो सरर पोखराको बजारमा जस्ता गित गाउदै दर्शकहरुलाई नचाएका थिए । मल्लले गीति प्रस्तुत गर्दा दर्शक दिर्घामा रहेका यूवहरुले गाएकलाई हौसाला प्रदान गर्दै वान्स मोर भन्दै चिच्याएका थिए । त्यस्तै गायीका सपना शाहीले हेराई ज्यानमारा बोलको गित गाउँदा त दर्शकहरु उत्साहित हुँदै स्टेज सम्म पुग्ने प्रयास गरेका थिए ।
स्थानिय कलाकारहरु भावना वि. सी. लगायतका कलाकारले नित्य र गितबाट मनोरञ्जन दिएका थिए । २६ गते सम्म चल्ने महोत्सवका मुख्य आर्कषकहरु स्थानीय उत्पादन र घरेलु निर्माण सामाग्रीहरुको खरिद विक्रि तथा अवलोकन, स्थानीय समाजिक संस्कारमा आधारीत विभिन्न झाँकीहरु प्रदशन र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु हुने छन् । । महोत्सवको तेश्रो दिन आइतबार पनि विभिन्न जातजातिको झाँकी सहितको नृत्य सहित लोकदोहोरी र राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती देखाएका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*