ट्राफिक कारवाहीमा श्रीमती धरौटी गर्न खोजे पछि के भयो ? पुरा पढ्नुहोस्

‘तपाइहरुजस्ता धेरैसँग बोल्नुपर्छ । बोल्दा–बोल्दा मेरो मुख सुकिसकेको छ । मलाई नसताउनुस् । मैले बनाएको नियम होइन, कार्यान्वयन गर्ने हुँ’ अस्थायी ट्राफिक पोष्ट सर्राका रमेशदत्त भट्ट चालकहरुसँग यस्तै भन्दै थिए ।

उनको आवाजमा ख्यार–ख्यार स्वर मिसिएको थियो । धोद्रो आवाजमा थकित मुद्रा भने देखिन्नथ्यो । बुधवार दिउँसो चार बजेतिर सेवारखोलाको किनारमा रहेको प्रतीक्षालयनजिक सवारी जॉच गरिरहेका थिए उनी । उनलाई साथ दिन जनपथका एकजना थिए । गोविन्द खड्काले आजको नयाँ युगबोधमा समाचार लेखेका छन् ।मोटरसाइकलहरु झ्याप्प–झ्याप्प रोकिन्थे । एउटासँग वार्गेनिङ नसकिदै अर्को लहरमा आइसक्थ्यो । हातभरि चावी समातेका भट्टले जरिवाना काटिरहेका थिए । सजिलो भने थिएन । उछिट्टिएर खेतमा जाने जोडले केही बाइकहरु भाग्थे । ‘हातमा हानांै कि छोडौं ? प्रहरीले आदेश माग्थे । ‘त्यसरी हान्न मिल्दैन । भाग्ने क्रममा मर्छ भने आफ्नै कारणले जान्छ’– भनेर भट्टले जवाफ दिन्थे ।

यो पङ्तिकारलाई साइकलबाहेक कुनै पनि सवारी साधन चलाउन आउ‘दैन । त्यस दिन कारवाही भोग्नुपर्‍यो । हाम्रो गाडी चालक लाइसेन्स त बनाएको तर घरबाट लैजान भुलेको रहेछ । ट्राफिकले त्यसलाई गम्भीर लापरवाही मान्दो रहेछ । त्यसको जरिवाना १५ सय भन्दा तल झर्न मानेन ।
शुरुमै ‘प्रेसको बाइक हो, म पत्रकार’ भनेर परिचय खुलाएका थियौं । त्यो सुन्ने अरु धेरै रोकिएका बाइक चालक थिए । उनीहरुमध्ये केहीले चुनौती दिए ‘पत्रकारलाई के गर्दारहेछौ हेर्छौं ।’ ट्राफिकले उनलाई गर्ने र हामीलाई दिने व्यवहारमा विभेद गरेन । त्यस मानेमा भट्टजीप्रति आभारी छु । हरेक व्यक्तिको केही पेशा छ । पदप्रतिष्ठा हुन्छ । त्यो जॉच गर्न ट्राफिक प्रहरी बसेको होइन । लाइसेन्स ब्लुबुक, मापसेलगायतका ट्राफिक नियम हेर्ने हो । हामीस‘ग लाइसेन्स थिएन । दोषी करार अरुसरह भयांै । फरक नागरिक मानिएनांै र थिएनांै ।
‘पत्रकार, नेता, मन्त्री यस्तै कुरा हेर्न आएको होइन भाइ । कि त कागज देखाउनुस, नजिक भए लिएर आउनुस्, सक्नुहुन्न जरिवाना तिरेर लैजानुस्’ भनेर विभिन्न विकल्प चालकहरुलाई दिएका थिए । ‘आलुको भाउजस्तो घटबढ गर्ने फुर्सद छैन’ भन्दैथिए । उनीहरुका वार्तालाप सुन्दा लाग्थ्यो । पत्रकारलाई कानून लाग्दैन भन्ने सर्वसाधारणमा भ्रम रहेछ । केही पहु‘चवालाहरु पनि आएका रहेछन् । धेरै कडीकसाउ गर्न थाले । कतिले सानो पदको भनेर नपत्याएको होचो हेलाको व्यवहार पनि देखाउन खोजे । अलि बढी गर्नेलाई जिल्ला ट्राफिक प्रमुख अरुणकुमार सिंहस‘ग सम्पर्क गराइदिए । फोनमा के के बोलियो भन्ने त सुन्न सकिएन । फोन सकिएपछि निराश देखिए । खुरुक्क पैसा निकालेर बुझाए र गाडी अगाडि बढाए ।
केही भ्रम मभित्र पनि थियो । साथीहरुले यति गाडी पनि निकाल्न सकिनस् खतम रहेछस् भन्लान् भन्ने पिर उब्जियो । आफूलाई पह‘ुचवाला ठूलो मान्छे देखाउने यो पङ्तिकारमा दम्भ जाग्यो । अलिकति उकालोमा गएर प्रमुख सिंहको मोबाइलमा फोन गरें । ‘सर, समस्यामा परियो । लाइसेन्स छुटेछ ?’ भनेर जाहेर गरें । जवाफ आयो ‘मैले के गरु‘ त ?’ उल्टो प्रश्न । थप व्याख्या गर्नुभयो । ‘मैले केही गर्न सक्दैन । त्यहींको प्रहरीलाई भन्नुस् ।’ ‘हवस्त सर’– भनेर फोन राखें । कॉचा आन्द्रा खाएजस्तै भयो । निकै ग्लानी महसुस भयो । मैले किन नियम मिच्ने प्रयास त गरें ? आफैलाई सोधें । यो देश बिगार्ने केही अंश मभित्र पनि रहेछ । बनेका नीति नियम पंगु बनाउने हामी जस्तै दुई चारजना चिनजानका मान्छेले हो ।
तोकिएको १५ सय रुपैयॉ जरिवाना तिर्ने पैसा हामीस‘ग थिएन । केहीले भन्दै थिए मेरो मोबाइल राखिदिनुस् । उनले भने जस्तै सक्दैनथे । मोबाइल तिलक न्यौपानेले किनिदिएको दुई हजारको सामसुङ हो । उपहार स्वरुप
आएको चिज बुझाउनु भएन । अनि क्यामेरा दिन्छु भनु भने सरिता भुसालले गिफ्ट पठाउनुभएको । त्यसबाहेक अरु उपाय
नभएपछि लाइसेन्स नआउँदासम्म कुर्ने भयौं । मोबाइल राख्नुस भन्नेलाई ट्राफिकले सुनाए– ‘एकजनाले श्रीमती राखिदिनुस् लिएर आउँछु भने । नियममा नभएको काम मबाट हुन्न ।’ यो सुन्ने धेरै मजासँग हॉसे । त्यो श्रीमतीलाई अपमान गरेर होइन होला । उपाय विहीनतामा हुनसक्छ ।
यसो भन्दैमा दोषी पुलिस होइन । सजगता नअपनाउने नागरिक हो । आफ्नालाई र आफूलाई कारवाही गर्न नदिने टाठाबाठा नागरिकहरु हाैँ । पुलिसले अभद्र व्यवहार गर्छ । गाली बेइज्जत गर्छ । हान्छ । भन्छ । थर्काउ‘छ । यावत कुरा सुन्न पाइन्छ । पुलिसले गर्ने त्यो निच व्यवहार मलाई एकदमै सही र उचित लाग्छ । पुलिसमा जानेहरु मामा घर गएजस्तो हुने भए । ससुराली जाने जस्तो भए सबै रमाउ‘दै जान्थे । त्यसो गर्दा ऐन कानून कसरी लागु हुन्छ ? जिन्दगीमा पुलिसको पञ्जामा नपरियोस् । हिरासत बस्नु नपरोस् भन्ने भावना पुलिसले जगाउन सक्नुपर्छ । गल्ती गर्दा पुलिसको डर मान्ने अवस्था सिर्जना गर्नुपर्छ तब न पुलिस पुलिस बन्छ । शान्ति सुरक्षा अमनचैन कायम गर्नसक्छ ।
यस पटकका ट्राफिक प्रमुख सिंहलाई सम्मान गर्छु । जसले ड्युटीमा खटिएको प्रहरी अधिकारीलाई सबै जिम्मेवारी दिए । यसले आफ्नो युनिटको विश्वास जित्नेछन् । तिनबाट मन, बचन र कर्मले साथ लिनेछन् । विश्वास र आत्मबल सबै तहका प्रहरी कर्मचारीको बढ्नेछ । दङालीलाई नै लाभ हुनेछ । ठूला काण्डमा पनि सफलता पाउनेछन् । अघिल्ला प्रमुख वीरबहादुर थापालाई पनि धेरैले याद गर्छन् । सुधारका लागि अनेकांै उपाय निकालेका हुन् । चालकलाई तालिम, विद्यालयमा ट्राफिक शिक्षा, बजारका होर्डिङ बोर्ड हटाउनु जस्ता काम गरेका थिए् ।
हामी आफू बलियो भएर जाने कि पुलिसलाई अप्ठेरोमा पार्ने प्रश्न यही नै हो । एकपटक सबैले छातीमा हात राखेर मनन गर्नुपर्छ, नियमसंगत काम गर्दा माथिल्लो हाकिमलाई फोन गरी ड्युटीमा खटिएको अधिकारीलाई पंगु बनाउन किन लाग्छांै ? त्यो मोर्चाको कमाण्डर हो । आखिर खटिरहेको बेला गाडीले मिचेर मारेका घटना पनि हामीस‘ग छन् । दोष जति उसैले लिएको हो । गाली, घृणा, अपमान अभद्र व्यवहार उसैले सहेको हुन्छ । निर्णय गराउन अर्को हाकिम किन गुहार्छौ ? कैदीको लागि सबै भन्दा ठूलो गार्ड हुन्छ भनेर नेल्सन मण्डेलाले कतै भनेका थिए ।
देखिने गरीका थुप्रै प्रयास ट्राफिकले गरेको छ । डिस्प्ले बोर्ड राखेर टाफिकले तापक्रमको सूचना दिएको छ । ‘बिग्रिएको छ /सात दिन जति भयो मलाई असाध्यै नरमाइलो लाग्या छ’– तत्कालीन प्रमुख थापाले अघिल्लो वर्ष बिग्रिएको समयमा भन्नुभएको थियो– ‘हाम्रा सबै गतिविधि चॉडै थाह पाउ‘थे अहिले रोकिएका छन् ।’ त्यसरी माया गरेको थियो । नेपाल बैंक, न्यूरोडलगायतका व्यस्त र सॉघुरा बजारमा रेखा कोरेर सवारी व्यवस्थित पारेको छ । अति व्यस्त र सबैभन्दा सॉघुरो क्षेत्र बंैक रोडमा ट्रक, बस ट्रेक्टर जीप कार निषेध लेखर विद्युतका पोलमा टॉगेको छ । तुलसीपुरचोकको मनटावर मात्रै पार्किङ सुविधा भएको बहुउद्देश्यीय व्यावसायिक भवन हो । त्यसबाहेक अन्त बजार गर्न आउने गाडीवालाका लागि सजिलो छैन ।
जेब्रा क्रसिङको लागि ट्राफिकले प्रयास गरेको थियो । रङ गतिलो नहुनाले सडकका धर्का मेटिए, सफल भएन । गत चैत ८ गते होलीको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर ट्राफिक नियम उल्लंघन गरे हदैसम्मको कारवाही गरिने उर्दी जारी गर्‍यो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक बाबुराम जिसीले दुर्घटनाले तनाव नदिएको बताउनुभएको थियो ।
अघिल्लो वर्ष प्रहरीले विद्यार्थीलाई ट्राफिक स्वयंसेवक बनायो । सिट्टी फुक्दै बच्चाहरुले सडकमा यातायातका साधन जॉच गरे । गोरखा इन्टरनेश्नल उच्चमावि लगायत विभिन्न विद्यालयका विद्यार्थी सडकमा थिए । तिनले हेलमेटको फित्ता लगाउन, बाटो काट्न, तीनजना नचढाउन, फूटपाथ प्रयोग गर्न सिकाएका थिए ‘सानोले ठूलोलाई सिकाउ‘दा लाज हुन्छ’– तत्कालीन प्रमुख वीरबहादुर थापाले भन्नुभएको थियो– ‘ट्राफिकस‘ग झगडामा नारिने तथा अटेर गर्नेहरु बच्चाले अह्राउ‘दा लाजले पानीपानी भए ।’
अहिले प्रहरीले मापसे गरेको वा अन्य केही बयान लियो भने मोबाइलमा भए पनि रेकर्ड गर्न थालेको छ । त्यसमा कति बोतल, गिलास पनि रेकर्ड हुन्छ । गाडीको गति, मापसेलगायतको लागि जॉच गर्ने मेसिन छ । गाडीको छतभरि मान्छे राखेर विवाहमा जानेलाई रोकिसकेको छ । दलका कार्यकर्ता छतमा बोकेर हि‘डाल्न भने केही कम मात्रै भएको छ । क्षति र कारवाही भोग्ने भन्दा सजगता अपनाउने र नियममा बस्ने बानी बसाल्न सक्नुपर्छ । जसले गर्दा श्रीमतीको धरौटीमा गाडी छुटाउने प्रस्ताव प्रहरीसमक्ष राख्नु नपरोस् ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*