नेविसंघले बालुवाटारमा ‘ओली एक्सप्रेस’ कुदायो ! (भिडियो सहित)

oli express१० जेठ, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार अगाडिको सडकमा सोमबार विहानै ग्यासका रित्ता सिलिण्डर लिएर नेविसंघका नेताहरु देखा परे । लगत्तै उनीहरुले ‘ओली एक्सप्रेस’ लेखिएको नक्कली पानीजहाज अर्थात रोबोट गुडाउन थाले । नक्कली ‘रेल’ बनाएर तमासा देखाए ।

प्रधानमन्त्री केपी ओलीले नेपाली ध्वजावाहक पानीजहाज चलाउने भनेको कुराप्रति व्यंग्य गर्दै नेविसंघका नेताहरुले बालुवाटार अगाडि रोबोटसहित प्रदर्शन गरेका हुन् ।

देशमा महंगी, कालोबजारी र भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर प्रधानमन्त्री पूरा हुनै नसक्ने खालका योजनाहरु पस्कने गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनका नेताहरुले फरक शैलीको प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् भिडियो

प्रधानमन्त्री ओलीले अगाडि सारेका विकास योजनाहरुले देशमा बहस छुडेको छ । केहीले प्रधानमन्त्री ओलीलाई हास्य पात्र बताइरहेका छन् भने केहीले सपना देखाउनु राम्रो हो भन्ने सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

कतिपय सानातिना समस्या समाधान गर्न नसक्ने प्रधानमन्त्री ठूल्ठूला कुरा गरेपछि उनी हास्यपात्र बनाइएका छन् । र, प्रधानमन्त्री ओलीले समेत विकासका कुरा गर्दा आफूमाथि व्यंग्य गरिएको भन्दै चित्त दुखाएका छन् ।

यस्तो बेलामा बालुवाटार अगाडि विद्यार्थी नेताहरुले गरेको यस्तो प्रदर्शनलाई तपाई के भन्नु हुन्छ ? निक्र्योल गर्ने जिम्मा पाठकहरुकै ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*