बजेटमा जिल्लाका माग सम्बोधन नगरेको भन्दै दैलेखी जनता असन्तुष्ट

टोपेन्द्र थापा
१७ जेठ, दैलेख । सरकारले सनिवार प्रस्तुत गरेको बजेटमा जिल्लाका माग सम्बोधन नगरि दैलेखलाई उपेक्ष गरेको भन्दै जिल्लाबासीले असन्तुष्टि जनाएका छन् ।
सूर्खेत दैलेख सडकको स्तर उन्नती, सुर्खेत दैलेख सदरमुकाम हुदै कालिकोट जोडने सडक निर्माण, पञ्चकोशी क्षेत्रलाई पर्यटकिय गन्तब्य बनाउने मागहरुको सम्बोधन नै नगरी सरकारले जिल्लालाई उपेक्षा गरेको जिल्ला बासिको आरोप छ । जिल्लाको गरिवी, बेरोजगारी घटाउने विषयमा सरकारको कुनै ध्यान नगएको भन्दै नागरिक समाजका अगुवाहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । हेर्दा लोकप्रिय बजेट भए पनि ठूला नेता र पहुँच वाला ब्यक्तिहरुको क्षेत्रमा मात्र ठूला योजना र कार्यक्रम परेको उनिहरुको आरोप छ ।
जनतामाझ लोकप्रिय भनिएको सरकारको बजेटले जिल्लाई कुनै पनि क्षेत्रबाट सम्बोधन नगर्दा जिल्लाबासीलाई अन्याय गरेको उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष शान्तिप्राद सर्माले आरोप लगाए । यातायात, उद्योग, पर्यत लगाएतका कुनै पनि क्षेत्रमा दैलखलाई समबोधन नगरि ल्याएको बजेट पुरानै सरकारको निरन्तरता जास्तो देखिएको उनको आराप छ ।
बर्तमान सरकारको प्राथमिकतामा रहेको भनिएको दैलेखको पेट्रोलियम पदार्थको उत्खनन्का विषयमा पनि बजेटले सम्बोधन नगरेको भन्दै जिल्लाबासीले विरोध जनाएका छन् । प्रदेशलाई सम्बृध बनाउने नाममा समभाववित प्रादेशिकराजधानीलाई केन्द्रमा राखेर छैटौ प्रदेशका अन्य जिल्लाहरुलाई उपेक्षा गरिनु पुरानै सरकारले ल्याने बजेटको निरन्तरता यस बजेटले पनि गरेको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष नमनकुमार शाहीले बताए । विकासबाट जिल्लालाई टाढा राखिनु जिल्लाको विकासका लागि जनताको मतबाट चुनिएर गएका जनप्रतिनिधिहरुको असक्षमता झल्कने जिल्लाबासीले आरोप लगाएका छन् । जनप्रतिनिधिहरुले प्रयाप्त समन्वय गर्न नसक्दा जिल्लामा कुनै पनि प्राथमिकताको बजट आउन नसकेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
बर्तमान सरकाले प्रस्तुत गरेको बजेट समग्रमा राम्रो भएको तर यसको कार्यान्यनमा ध्यान दिनुपर्ने नागरिक समाजका अगुवाहरुको भनाई रहेको छ । केन्द्रलाई प्राथमिकतामा राखेर विगतमा ल्याइएने बजेटलाई निरुत्साहित गर्दै गाउँलाई सबल बनाउन आफ्नो गाउँ आफैबनाउ, आफ्नो नगर आफै सन्दर बनाउ, सामाजीक सुरक्षामा दोब्र बृद्धी ललगाएतका कार्यक्रम आएको भन्दै गैरसरकारी संस्था महासंघका अध्यक्ष महारुप खत्रिले प्रसंसा गरे । अध्यक्ष खत्रीले लोकप्रिय बजेट ल्याउदा दैलेखलाई सम्बोधन नगर्नु दुर्भाग्य भएको भन्दै जिल्लाका पुरातात्तीक , एतिहासीक सम्पदाको संरक्षणमा कुनै चासो नदेखाउनु जिल्लाका जनप्रतिनिधिको असक्षमता झल्किएको आरोप लगाए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*