आधिकारीक ट्रेड यूनियन निर्वाचनमा संगठनको अग्रता

दैलेखखवर समाचारदाता ।
२० जेठ, काठमाडौं ।निजामति कार्मचारीहरुको आधिकारीक ट्रेड यूनियन निर्वाचनमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले देशैभर आफ्नो अग्रता कायम गर्दै ठूलो संगठन भएको छ ।

राजनीतिक भागवण्डाका आधारमा भएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा अहिलेको दलगत शक्ति सन्तुलनभन्दा भिन्न प्रकारको परिणाम आएको छ ।

nijaलगत आधारमा तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रलाई कर्मचारीको चुनावमा मधेसी मोर्चाले जितेको छ । कर्मचारकिो चुनावमा माओवादी चौथो स्थानमा छ भने मधेसी मोर्चा समर्थक कर्मचारीले तेस्रो स्थान पाएका छन् ।

देशको पहिलो ठूलो दल नेपाली कांग्रेस कर्मचारी टे्रड युनियनको चुनावमा भने एमालेभन्दा पछि परेर दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेले निजामति कर्मचारीमा पहिलो स्थान हात पारेको छ ।

पार्टीपिच्छेका कर्मचारी संगठनका कारण निजामति सेवामा राजनीतिकरण भएको गुनासो आइरहेका गरिएको आधिकारित ट्रेड युनियनको चुनावले पनि दलीय भागवण्डलाई नै प्राथमिकता दिएको छ । कर्मचारीको चुनाव पनि पार्टीहरुको चुनावजस्तै देखिएको छ । बुधबार देशैभरि सम्पन्न चुनावबाट एमाले निकटको नेपाल निजामति कर्मचारी संगठन ८० स्थानमा जीत हात पार्दै पहिलो भएको छ ।

कांग्र्रेस निकट नेपाल निजामति कर्मचारी युनियन(संघ० देशभर २७ वटा केन्द्रमा पहिलो भएको छ । यस्तै माओवादी केन्द्र निकट कर्मचारी संघठनलाई उछिन्दै मधेसी मोर्चा निकट नेपाल मधेसी निजामति मञ्च तेस्रो स्थानमा रहेको छ । मञ्चले देशभर ७ केन्द्रमा पहिलो भएको छ ।

माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति भने २ केन्द्रमा मात्रै पहिलो भएको छ । बुधबार सम्पन्न निर्वाचनमा देशभरि एक सय १७ वटा केन्द्र तोकिएका थिए ।

मत परिणाम अनुसार ट्रेड युनियनको पदाधिकारीमा नेपाल निजामति कर्मचारी संगठनले अध्यक्ष र कोषाध्यक्ष पद पाउनेछ, नेपाल निजामति कर्मचारी युनियनले महासचिव, नेपाल मधेसी निजामति मञ्चले उपाध्यक्ष र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले सचिव पद पाउने भएका छन् ।

देशका प्रमुख निकायहरु राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एमालेनिकट कर्मचारीहरुको वर्चस्व देखिएको छ ।

अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा भने कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन(संघ० विजयी भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको भने प्रमुख निकायहरुमा प्रभाव देखिएको छैन । महिला आयोगमा भने माओवादी निकट कर्मचारी संगठन विजयी भएको छ ।

स्थानीय विकास, शहरी विकास, उर्जा मन्त्रालयमा नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*