सेनाद्वारा बम निष्क्रिय

दैलेख, जेठ १९ – नेपाली सेनाको बम डिष्पोजल टोलीले दैलेख सदरमुकाममा आज बम निष्क्रिय बनाएको छ । सदरमुकाम नारायण नगरपालिका–१ भगवती टोलका स्थानीय बासिन्दा योगेन्द्र सिग्देलको मकै वारीमा बाल्टी र तार देखेपछि प्रहरीलाई खवर गरिएको थियो ।

प्रहरीको समन्वयमा नेपाली सेनाको सुर्खेतस्थित कालीदल गणले पठाएको बम डिष्पोजल टोलीले सो बम निष्क्रिय बनाएको प्रहरी नायव उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिनुभयो ।
तत्कालिन नेकपा माओवादीद्वारा घोषित सशस्त्र युद्धताका गडीमा बसेको नेपाली सेनाको क्याम्पले सुरक्षाको लागि गाडेको बम हुन सक्ने सुरक्षा अधिकारीहरुको अनुमान छ ।
त्यतिबेला फष्ट राइफल गणले २०५७ असोजदेखि २०६० भदौसम्म सदरमुकाम सुरक्षाका लागि गडीमा क्याम्प राख्दा केही व्यक्तिको व्यक्तिगत जग्गा उब्जनी मूल्य तिरेर प्रयोग गरिरहेको थियो । २०६० असोजदेखि भने नेपाली सेनाले काँडाचौरस्थित जिविस, नगरपालिकाको सरकारी जग्गा र केही व्यक्तिको निजी जग्गा समेत मुअब्जा तिरेर ब्यारेक राखेको छ ।

 

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*