को को परे दैलेखबाट एमालेको केन्द्रिय बिभागमा

दैलेखखवर समाचारदाता
२३ जेठ, दैलेख । नेकपा एमालेले झण्डै दुई वर्ष पछि आफ्ना केन्द्रिय विभागहरुलाई पूर्णता दिएको छ । नवौं महाधिवेशनबाट निर्वाचित भएको केपी शर्मा ओली नेतृत्वको कार्यसमितिले झण्डै दुई वर्षपछि पार्टीका ३१ वटै विभागलाई पूर्णता दिएको हो ।
शुक्रबार नेकपा एमालेले सार्वजनीकि गरेको ३१ विभाग मध्ये ८ वटा विभागमा दैलेखबाट प्रतिनिधित्व गराइएको छ । पार्टीको अर्थ तथा योजना विभागमा डा. सर्वराज खड्कालाई लगिएको छ भने न्याय तथा कानुन बिभागमा गोविन्दप्रसाद शर्मा बन्दीलाई लगिएको छ । त्यस्तै प्रचा विभागको सदस्इमा विष्णु रिजाललाई जिम्मेवारी दिइएको छ । संघिय मामिला विभागमा सूर्यबहादुर शाही, निर्वाचन विभागमा दिपेन्द्रबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात विभागमा लोकेन्द्रजंग शाही, सहरी विकास विभागमा गोकsurybishnuर्ण माझी, बन तथा वातावाdipendraरण विभागtejमा तेजबहादुर महत्तरा र राष्ट्रिय हित सुरक्षा प्रवर्धन विभागमा उपेन्द्र नेपालीलाई विभागको सदस्यमा जिम्मेवारी दिइएको छ ।
जिल्लाको पार्टी राजनीतिमा सधै अग्रमोर्चामा रहेका नेताहरुको पार्टीले सम्मान गरेको भन्दै जिल्लाका एमालेमा उत्साह थपिएको बताइएको छ । पार्टीमा लामो समय सम्म क्रियाशिल ब्यक्तिहरुलार्य पार्टीले सम्मान गर्दै जिम्मेवारी दिएको र आगामी दिनमा यसले एमालेलाई थप सुदृढ र सशक्त बनाउने एमाले जिल्ला उपाध्यक्ष प्रेम थापाले बताए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*