चिनिया सेनाका उपप्रमुख सुन नेपाल आउँदै

दैलेखखवर समाचारदाता
२४ जेठ । छिमेकी मुलुक चीनका जनमुक्ति सेनाका उपप्रमुख एडमिरल सुन चियान्क्वो तीनदिने नेपाल भ्रमणमा आउँदैछन् । नेपाली सेनाको निमन्त्रणामा उहाँ आज नेपाल आउन लागेका हुन् । चिनियाँ सेनाका उप–प्रमुखले आज आएकै दिन रक्षामन्त्री भीम रावल र रक्षासचिव महेश दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यो भ्रमण दुईपक्षीय सैनिक सहायतामा केन्द्रित हुनेछ ।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले दुई देशका सेनाबीच आपसी हित अभिवृद्धि गर्ने अभिप्रायले भ्रमण हुन लागेको जानकारी दिए । सुनले चीन सरकारको सहयोगमा निर्माण भइरहेको लुम्बिनी अन्तर्रा्ष्ट्रिय विमानस्थलको निरीक्षणमा जाने इच्छा गरेका छन ।

उपप्रमुख सुन र नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीबीच बिहीबार सैनिक मुख्यालयमा औपचारिक वार्ता तय भएको छ । प्रधानसेनापति क्षेत्रीको केही महिनाअघि भएको चीन भ्रमणमा ३० मिलियन युआन (लगभग ४९ करोड रुपैयाँ) सहायता दिने घोषणा भएको थियो । उपप्रमुख सुनको यो भ्रमणमा चिनियाँ सहायताको उक्त रकम नेपाली सेनाका लागि केके चिनियाँ हतियार खरिदमा प्रयोग गर्न सकिने भन्नेबारे विस्तृत छलफल हुने बताइएको छ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*