संगठनबाट ट्रेड यूनियन अध्यक्षमा विष्ट, ११ सदस्यीय मध्ये संगठनलाई ७ स्थान

२४ जेठ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले निजामती कर्मचारीको आधिकारीक ट्रेड यूनियनमा अध्यक्षसहित पदाधिकारीको नाम टुङ्घो लगाएको छ ।
संगठनले पदाधिकारीको हकमा अधिकारीक ट्रेड यूनियनको अध्यक्षमा भिमवहादुर विष्ट,सचिवमा महेन्द्रप्रसाद न्यौपाने र कोषाध्यक्षमा मनसरा शाहीलाई पठाउने सर्वसम्मत निर्णय गरेको छ । त्यसै गरी सो संगठनको भागमा परेको ४ सदस्यमध्ये क्रमश ः शंकर थापा र दिपप्रसाद ज्ञवालीलाई पठाउने र बांकी २ जनाको नाम तत्काल टुंगाउने वताईएको छ ।
आईतवार वसेको नेपाल निजामती कर्मचारी संगठनको वैठकले लामो छलफलपछि अध्यक्षसहित पदाधिकारी र २ सदस्यको नाम टुंगो लगाएको बुझिएको छ ।

bhim mahendra mansara sankar
गत जेठ १९ गते सम्पन्न निजामती कर्मचारीको निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले अध्यक्ष, सचिब, कोषाध्यक्ष सहित ४ सदस्य प्राप्त गरेको थियो भने नेपाली काग्रेस निकट नेपाल निजामती कर्मचारी यूनियन संधले उपाध्यक्ष सहित ३ सदस्य प्राप्त गरेको छ । निर्वाचनमा सहभागी नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन निजामतीले थे्रसहोल्ड पार नगर्दा कुनै पद पाउन सकेन ।
आधिकारीक ट्रेड यूनियनको निर्वाचनमा जिल्लामा पहिलो संगठन भएसँगै निजामती कर्मचारी संगठनले ११ सदस्यीय कार्यसमितीमध्ये अध्यक्ष लगाएत ७ जनाको बहुमत संख्या प्राप्त गरेका छ । निर्वाचन सम्पन्न गराउने जिम्मा पाएको सरकारी वकिल कार्यालयले यहि २७ गते सम्म आधिकारीक ट्रेड यूनियनमा सहभागीहरुको नामावली पठाउन पत्र पठाएसँगै संगठनले आफ्ना प्रनिनिधिहरुको टुंगो लगाएको हो ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*