सामाजिक सुरक्षा भत्तामा निगरानी राख्दै एलडिओ

दैलेखखवर समाचारदाता
२७ जेठ ।
बुधवार विहान १० बजे भवानी गाबिस भवनमा सामाजीक सुरक्षा भत्ता वितरण हुदै थियो । भत्ता लिनका लागि टाढा टाढावाट कोही वृद्धवृद्धाहरु लठ्ठी टेक्दै गाविस भवन तिर झर्दै थिए,कोही थकाई मार्दै भत्ताको आशा गर्दै वसीरहेका थिए भने कोही लाईनमा थिए ।
एक्कासी स्थानिय विकास अधिकारी हरि प्याकुरेल वितरणस्थलमा पुगे । प्याकुरेलको आगमनसंगै सामाजिक सुरक्षा भत्ता लिन पुगेका वृद्धवृद्धाहरु मुखामुख गर्न थाले । पहिलोचोटी एलडिओ गाविस कार्यालयमै पुगी सामाजिक सुरक्षा भत्ताको वारेमा स्थानियसंग वुझ्न थालेपछि सवैले आ आफ्ना कुरा निर्धक्कसंग राख्न कस्सिए । भवानी गाबिसमा सामाजीक सुरक्षाभत्ता लिन आएकाहरु सँग उनले वितरण प्रभावकारी भए नभएको बारेमा अन्तरक्रिया गर्न भ्याए ।
धेरैजसोले गाबिसबाट सामाजिक सुरक्षा भत्ता नियमित पाएको जबाफ पाएपछि प्याकुरेलले सामाजिक सुरक्षावापत सरकारवाट प्रदान bhatta 2bhattaगरीएको भत्ताको सहि सदुपयोग गर्न सबैलाई अनुरोध गर्दै भत्ता आफ्नै हातबाट वितरण गर्न पनि भ्याएका थिए । जिल्लामा सामाजीक सुरक्षा भत्ता वितरणमा अनियमितताका गुनासोहरु बढ्न थालेपछि एलडिओ प्याकुरेलले निगरानी बढाएका छन् ।
सामाजीक सुरक्षा भत्तो समयमै वितरण नगर्ने, सम्बन्धित ब्यक्तिसम्म नपुग्ने, परिवारका सदस्यलाई दिने, भत्ता लिन गाविस कार्यालय धाउने लगायतका गुनासाहरु आउन थालेपछि प्याकुरेलले निगरानी बढाएको जिल्ला विकास समितिले जनाएको छ ।
भवानी गाविसकी लक्षिमा वोगटीले एलडिओसंगको कुराकानीमा पहिलो पटक सामाजिक सुरक्षा भत्ता वितरणको वारेमा वुझ्न आएकोमा धन्यवादसमेत दिएकी थिईन् । कुराकानीको क्रममा उनले ठुला मान्छेको हातवाट भत्ता पाउदा धेरै खुशी लागेको समेत वताएकी थिईन् ।
भवानी गाविस कार्यालयमा पुगेका प्याकुरेलले स्थानिय विकास गतिविधीमा स्थानिय जनताहरुको समान सहभागिता अनिवार्य भएकाले गुणस्तरिय विकासका लागि सवैको योगदान जरुरी रहेको धारणा व्यक्त गरेका थिए । गाविस कार्यालयबाट प्रदान गरीने सेवाबाट कोही पनि वन्चित हुनु नपरोस् भन्ने उदेश्यका साथ जिविसले गाविस सचिवलाई नियमित उपस्थितीका लागि निर्देशन दिएको र कार्यान्वयनप्रति चनाखो रहेको उनको भनाई रहेको थियो । गाविसको सेवाप्रवाहमा स्थानिय जनताले कुनै सास्ती वेहोर्नु परे सिधै आफुसंग सम्पर्क राखे समस्या तत्काल समाधान गरीने स्थानिय जनतालाई प्याकुरेलले विश्वस्त पारेका थिए ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*