गायन क्षेत्रमा जम्दै सञ्चारकर्मी वली

दैलेखखवर समाचारदाता
२९ जेठ । दैलेखका चर्चित कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी खेमराज वली अहिले गायन क्षेत्रमा जम्दै फरक पहिचान स्थापीत गनरेका छन् ।
रडियो पञ्चकोशी एफ.एम बाट सञ्चारकर्मीका रुपमा स्थापीत वलीलले तिम्रो याद नामक गिती यल्बमबाट गायक तथा कलाकारको रुपमा khemआफ्नो पहिचाल बनाएका छन् । पछिल्लो समय गीत संगीत मन नपराउनेहरु भिडमा आफुलाई स्थापीत गर्दै वली एक प्रखर खायकका रुपमा पनि आएका छन् । संघर्ष गर्दै रेडियोमा समाचार देखि बिभिन्न साङ्गितिक कार्यक्रम लगायत सूचना मुलक कार्यक्रमहरु चलाइ लाखौ श्रोताको मन मुटुमा बसेका लोकप्रिय सन्चारकर्मी खेमराज वली पछिल्लो समयमा गायन क्षेत्रमा लागेका छन ।
२०४७ बैशाख १६  दैलेख जिल्ला पिलाडी गाबिस वडा न,९ रेग भन्ने ठाउमा जन्मिएका वलीले भखरै मात्र बुर्तिवाङ म्युजिक प्रा.लि.बाट पहिलो कोसेली ‘तिम्रो याद’ नामक लोक तथा दोहोरी एल्बम बजार ल्याएका छ्न ।
‘धेरै पछि फेरि तिम्रो याद आयो सानू’ बोलको गीतमा गायक सर्जक एबम सन्चारकर्मी यामराज बिष्टको मार्मिक लय, टोपेन्द्र कुमार खड्काको उत्कृष्ट शब्द रहेको छ भने स्वयं वली र चर्चित लोकदोहोरी गायिका पुर्ण कला बिसीको सुमधुर आवाज रहेको छ ।
बालापन देखीनै गीतहरु गुनगुनाउने वलि यसै पेशालाई निरन्तरता दिदै गीत सङ्गीतमै जीवन विताऊने बताऊछन । पछिल्लो चरणको एल्बम ‘तिम्रो याद’ले बजारमा निकै चर्चापरिचचा कमाएकोले आफूलाई थप हौस्याएको बताऊदै भने,’मेरो पहिलो कोसेली श्रोताले धेरै मन पराइदिनु भयो, श्रोता र दर्शक भनेका मेरो लागि भगवान हुनुहुन्छ, उहांहरुको साथ बिना म सधैं अधुरो र अपुरो छु, आगामी दिनमा यहाँहरुको माझमा अरु गीत संगीत लिएर आउने छु माया गर्दिनुहुनेछ’ ।

About Author

Write a Comment

Your e-mail address will not be published.
Required fields are marked*